पोखरा। पछिल्लो २४ घण्टामा थप १ हजार २ सय ३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ५ सय ३३ जना कोरोना संक्रमणमुक्त भएका छन् । त्यस्तै संक्रमणबाट २० जनाको मृत्यु भएको छ । कोरोनाबाट हालसम्म नेपालमा ९ हजार ३ सय ८२ जनाको ज्यान गइसकेको छ ।
हाल कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या २६ हजार १ सय ७३ जना रहेका छन् ।