काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीचको वार्ता सकिएको छ ।
काठमाडौं स्थित मेरियट होटलमा भएको वार्ता सकरात्मक दिशामा अगाडी बढेको नेताहरुले बताएका छन् ।
नेपाल पक्षका नेता भीम रावलले वार्ता सकारात्मक दिशा तर्फ उन्मुख भएको र भोली पुनः छलफल हुने जानकारी दिए ।
यस्तै नेता सुरेन्द्र पाण्डेलले दुई नेताबीचको वान टु वान वार्ता भएको र सकारात्मक रुपमा अगाडी बढेको प्रतिक्रिया दिए ।