फुटवल प्रशिक्षक हुमागाईकाे सहयाेग सहारा एकेडेमीलाई

पोखरा । फुटबल प्रशिक्षक प्रदिप हुमागाईले सहारा क्लव पोखराद्वारा सञ्चालित सहारा एकेडेमी लाई तेश्रो पटक सहयोग गरेका छन् । एकेडेमीलाई मन्दिरको रुपमा मान्ने गरेका हुमागाई एकेडेमी मै पुगेर एक सय डलर (नेपाली करिब ११ हजार रुपैया) एकेडेमीको लागि आर्थिक सहयोग समेत गरेका हुन्। हुमागाईले जुलाई ७ लाई ‘स्पेशल डे’ का रुपमा रहेकोले एकेडेमीमालाई सहयोग गरेको बताए । उनले आगामी दिनमा समेत सहारा एकेडेमीमा आफुले सक्दो सहयोग गर्ने बचन दिए ।

थ्रि स्टार क्लवको प्रशिक्षक सहित विदेशमा समेत प्रशिक्षण गराएको अनुभव रहेका हुमागाईले वालबालिकाहरुलाई राम्रो प्रशिक्षण गर्न सके भविश्यमा राम्रा
खेलाडी उत्पादन गर्न सकिने दाबी गरे ।

सहारा क्लव पोखराका अध्यक्ष केशव वहादुर थापाले हुमागाईलाई हरेक बर्ष सहयोग गर्न आएकोमा धन्यवाद दिएका छन्। सहारा एकेडेमीमा १४ जिल्लाका २५ जना विपन्न तथा कठिन परिस्थितीका बालकहरु आश्रित रहेका छन ।

कमेन्टहरु
Loading...