एनआरएन बेल्जियमले पठाएको अक्सिजन प्लान्टमा जस लिन कांग्रेसको प्रचार राजनीति

गन्थन डेस्क । संक्रामक तथा सरुवा रोग अस्पतालमा एनआरएन बेल्जियमले  स्थापना गर्न लागेको अक्सिजन प्लान्टलाई नेपाली कांग्रेसले जस लिने राजनीति गरेको छ ।

असार ८ गते पूर्वमन्त्री यज्ञ बहादुर थापा , कास्की कांग्रेस सभापति कृष्ण केसी , कांग्रेस निकट व्यावसायी बाबुराम गिरी लगायतको टोलीले काठमाडौं पुगेर पुरी फाउण्डेशनबाट ल्याइएको भन्दै प्रचार गरिएको अक्सिजन प्लान्ट एनआरएन बेल्जियमले पठाएको थियो ।

आफुहरुले सबैसंग पैसा जुटाएर स्थापना गर्न लागेको अक्सिजन प्लान्टलाई गलत प्रचार गरिएको एनआरएन बेल्जियम अध्यक्ष चित्र सुवेदीले गन्थन न्युजलाई बताए ।

अध्यक्ष सुवेदीका अुनसार एनआरएन बेल्जियमले अक्सिजन प्लान्टका लागि मात्रै नभइ अन्य स्थानमा पनि स्वास्थ्य सामाग्री पठाउन रकम संकलन गरिरहेको छ । जसमा पुरी फाउण्डेसनको मात्र १० लाख रुपैयाँ सहयोग रहेको छ ।

करिब १ करोड लागत अनुमान रहेको प्लान्टको खर्च एनआरएन बेल्जियमले व्यहोर्ने सुवेदीले बताए ।  उनका अनुसार  तुर्किमेनिस्तानबाट काठमाडौंसम्म ल्याइपुर्याउन पोखरा महानगरपालिकाले सहयोग गरेको छ ।

एनआरएन बेल्जियमले प्रतिनिधी भनेर पठाएका राज पुरी फाउन्डेसनका अध्यक्षका छोरा हुन् । बेल्जियममा स्थानीय चुनाव रहेका कारण अध्यक्ष सुवेदी नेपाल आउन नसक्ने अवस्था बनेपछि प्रतिनिधीको रुपमा पुरी नेपाल आएका थिए ।

‘अक्सिजन प्लान्ट स्थापना गर्नका लागि सहयोग गर्ने बारे पूर्व मन्त्री खगराज अधिकारीसंग मेरो सम्पर्क भएको थियो उहाँले तपाई त्यहाँबाट सामान पठाउनुहोस् यताबाट गर्नुपर्ने सहयोग म गर्छु भन्नुभयो लगत्तै मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ , महानगरपालिका , अस्पताल प्रशासनसंग समन्वय गरेर अगाडी बढेका थियौं यसको सम्पूर्ण इनिसिएसन एनआरएन बेल्जियमको हो’,सुवेदीले भने ।

यता कांग्रेलले भने अक्सिजन प्लान्ट नै तथ्यलाई लुकाउँदै आफ्नो पहलमा प्लान्ट स्थापना गर्न लागिएको भन्दै प्रचार गरेको छ । प्लाट लिएर पूर्वमन्त्री यज्ञ वहादुर थापा , कांग्रेस सभापति केसी लगायतको टोली संक्रामक अस्पताल नै पुगेका थिए ।

संस्थागत रुपमा धेरै गैरआवसीय नेपालीहरुबाट रकम संकलन गरि स्थापना गर्न लागिएको अक्सिजन प्लान्टमा राजनीतिक जस लिन पुरी फाउण्डेशनको आडमा कांग्रेस अग्रसर बनेको छ । हाल बेल्जियम कार्यरत पूर्वमन्त्रीका स्वकिय समेत रहेका व्यक्ति  पुरी फाउन्डेसन र कांग्रेससंग सम्पर्कको माध्यम बनेका थिए ।

अक्सिजन प्लान्ट आइपुगेपछि काठमाडौं पुगेका पूर्वमन्त्री यज्ञ बहादुर थापा , कास्की कांग्रेस सभापति कृष्ण केसी , व्यवसायी बाबुराम गिरी लगायत ।

अक्सिजन प्लान्टबारे कांग्रेसले प्रचारबाजी गरे लगत्तै जुन २४ तारिख अर्थात् असार १० गते एनआरएन बेल्जियम महासचिव तिर्थराज धमलाले फेसबुक मार्फत एक करोड लागतमा बन्ने लागेको जानकारी दिदैं रकम सहयोग गर्ने सबैमा धन्यवाद ज्ञापन समेत गरेका छन् ।

 

एनआरएन महासचिव तिर्थराज धमलाले जुन २४ तारिखमा फेसबुक पोष्ट गरेको स्टाटस

‘एनआरएनए आईसीसीले अगाडी सारेको “ अक्सिजन पठाऔं, आफन्त जोगाऔं” अभियान लाई एकेबद्दता जनाउदै संकटका बेला मातृभूमिप्रतिको उत्तरदायित्वलाई मनमा राखी पवित्र उद्देश्य सहित गैर आवासीय नेपाली संघ बेल्जियमको दिर्घकालिन अक्सिजन अभियान अन्तर्गत गैर आवासीय नेपाली संघ बेल्जियम( NRNA Belgium)को मुख्य अग्रसरतामा गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाको संयुक्त पहल साथै पुरी फ़ाउन्डेशन बेल्जियमको सहयोगमा गण्डकी प्रदेश सरुवा रोग अस्पताल, शिशुवा कास्कीमा करीब एक करोड रुपैयॉं लागतमा १५० बेडमा सप्लाई गर्न सकिने अक्सिजन प्लान्ट निर्माणका लागी आवश्यक सामान र जनशक्ति सम्बन्धित ठाउंमा पुग्नेक्रममा रहेको छ।’,महासचिव धमलाले लेखेका छन् ।

कमेन्टहरु
Loading...