शिक्षा मन्त्रीको पुत्ला दहन गर्दै गर्दा समाजवादीका विद्यार्थी नेताहरु पक्राउ

पोखरा । समाजवादी विद्यार्थी युनियनका नेताहरुलाई कास्की प्रहरीले पक्राउ गरेको छ । मन्त्रीले जातीय उत्पिडनलाई प्रोत्साहन दिएको भन्दै वहालवाला शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको पुत्ला दहन गर्दै गर्दा प्रहरीले विद्यार्थी नेता नेत्र चापागाई र रेशम सापकोटा र किरण नेपालीलाई पक्राउ गरेको हो ।

चापागाई समाजवादी विद्यार्थी युनियनका केन्द्रीय उपाध्यक्ष हुनभने सापकोटा केन्द्रीय सचिव हुन् । नेपाली मोर्चाका नेता हुन ।
युनियनले तुरुन्त रिहाइ नगरे कडा प्रतिवादमा उत्रने चेतावनी समेत दिएको छ ।

कमेन्टहरु
Loading...