सम्पत्ति शुद्धिकरणबाट स्व.सूर्य बहादुर केसीलाई ‘क्लिन चिट’

काठमाडौं ।  पूर्व सांसद तथा व्यबसायी स्वर्गीय सूर्यबहादुर केसीलाई सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले क्लिन चिट दिएको छ ।

३० करोड रुपैयाँ बराबरको सम्पत्तिको स्रोत नखुलेको भन्दै विभागमा निर्देशक रुपनारायण भट्टराई भएका बेला केसीको सम्पत्तिमाथि छानबिन सुरु गरिएको थियो ।

उक्त रकम ‘कालो धन’ भन्दै छानबिन अघि बढाएको विभागले अन्ततः सबै सम्पत्तिको स्रोत खुलेको भन्दै क्लिन चिट दिएको हो ।

केसी ग्रुप अन्तरगत हिमश्री फुड्स प्रालि, हिमश्री फुड्स वेस्टन नेपाल, केसी कन्स्ट्रक्सन फर्म, टाक्स हाइड्रोपावर प्रालि, सिभिल हाइड्रोपावर प्रालि, गण्डकी हाइड्रोपावर प्रालि, युनाइटेड इदि मर्दि हाइड्रोपावर प्रालि, अपर सेती हाइड्रोपावर प्रालि, हिमश्री केसी ग्रुप पिएएर्स इण्डस्ट्रीज एण्ड ट्रेडिङ, माछापुच्छ्रे बैंकलगायत सञ्चालनमा छन् ।

स्वर्गीय केसीका छोरा किरण केसीले सत्यको जीत भएको बताए ।

कमेन्टहरु
Loading...