पटक पटक भन्दा पनि हाम्रो माग सुनवाई भएनः पुस्तक तथा स्टेशनरी व्यवसायी

राजु गिरी, पोखरा । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ कास्कीले विभिन्न माग राखि जिल्ला प्रशासन कार्यालय अगाडी मौन प्रदर्शन गरेको छ । मेरो लागि खोप म आँफै किन्न तयार छु, पुस्तक व्यवसायलाई अत्यावश्यक वस्तुमा सुचिकृत गर, विद्यालय हाताभित्रबाट पुस्तक बिक्रीवितरण बन्द गर, पठनपाठन सुचारू हुँदा पुस्तक पसल बन्द किन ?, स्वास्थ्य मापदण्ड सहित पुस्तक पसल खुल्ला गर तथा ७६ जिल्लामा पुस्तक पसल खुल्दा कास्कीमा बन्द किन ? लगाएतको माग सहित महासंघले मौन प्रदर्शन गरेको हो ।

 

मौन प्रदर्शनपछि महासंघले आफ्ना माग सहित आज जिल्ला प्रशासन कार्यालय कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र पौडेललाई ज्ञापनपत्र बुझाएको छ ।

आफुहरु मर्कामा परिरहँदा कास्की प्रमुख, महानगर प्रमुख, शिक्षा प्रमुखलाई जानकारी दिँदा पनि कुनै सुनुवाई नभएको नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ कास्कीका अध्यक्ष बैकुण्ठ पौडेलले बताए । ‘हामीले पटक पटक सम्वन्धित कार्यालयमा जानकारी गराउँदा पनि कुनै सुनुवाई नै भएको छैन । अभिभावकलाई किताब चाहिएको छ तर हामीले छोटो सयम पसल खोल्दा अभिभावकले दुःख पाउनु भएको छ ।’ उनले भने– ‘हाम्रो ठुलो माग पनि होइन, अहिलेलाई बिहान ११ बजेदेखि ४ बजेसम्म खोल्न दिए पनि सहज हुन्छ ।’

 

व्यवसाय बचाउन कठिन रहेको अवस्थामा व्यवसाय हितका लागि घरधनीले उचीत सम्वोधन गरिदिने कार्यमा सकारात्मक बनिदिन समेत उनले आग्रह गरेका छन्। यता सरकारले पुस्तक व्यावसायलाई अत्यावश्यक सुचिमा नराख्दा दुःख लागेको अध्यक्ष पौडेलले बताए । पौडेलका अनुसार विद्यालय भर्ना लिने, अनलाइन कक्षा सन्चालन गर्ने तर पसल बन्द गराउने कार्य भएकोमा दुःख प्रकट गरेका छन् ।

 

केही विद्यालयले कक्षा कोठामा पुस्तको कारोवार गरेको जुन नेपाल सरकारले रोकेको कुरा विद्यालयले नटेरेको हुँदा त्यस्ता विद्यालयहरुलाई कारवाहि गर्नुपर्ने माग समेत महासंघले राखेको छ ।

कमेन्टहरु
Loading...