पोखरा । पोखराको बिहानी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले पोखरा १७ मा रहेको सहारा फुटवल एकेडेमीका वालकहरुको लागि स्टेशनरीका सामान सहयोग हस्तान्तरण गरेको छ । सहकारीको १३ औं बार्षिकोत्सको अवसरमा संस्थाका पदाधिकारीको टोलीे आइतबार एकेडेमी परिसरमै पुगेर १० हजार मुल्य बराबरको स्टेशनरीका सामान सहयोग हस्तान्तरण गरेको सहारा क्लवका महासचिव रामजी प्रसाद अधिकारीले बताए ।
संस्थाका अध्यक्ष धर्मराज भण्डारी, उपाध्यक्षहरु हरीकृष्ण तिवारी, सुसिला अधिकारी सिग्देल, सचिव सुजन अधिकारी, कार्यक्रम संयोजक प्रेम गिरी लगायतको टोलीले सहारा क्लवका बरिष्ठ उपाध्यक्ष हरीराम गुरुङ, उपाध्यक्ष एवं एकेडेमी संयोजक विश्वराज बराल लगायतको टोलीलाई उक्त सामाग्री सहयोग हस्तान्तरण गरेको हो ।
यसैबिच, पोखरा पृथ्बीचोक निवासि पुर्व फुटवल खेलाडी हिराकाजी श्रेष्ठ र बिष्णुमाया श्रेष्ठ परिवारले सहारा एकेडेमीलाई १० थान फुटवल सहयोग हस्तान्तरण समेत गरेका छन्। फुटवलका प्रशिक्षक किरण श्रेष्ठका बाबु आमाले एकेडेमीका बालाकहरुलाई थप हौसला प्रदान गर्न उक्त सहयोग गरेको जनाए ।
सहारा एकेडेमीमा हाल करिब १४ जिल्लाका २५ जना बालकहरु रहेका छन्।