फोटो पत्रकार बरालको फोटो प्रदर्शनी

पोखरा, २० माघ /विश्व सिमसार दिवसको अवसरमा पोखराको बैदाम स्थित तालवाराही उच्च माविमा आइतबार सिमसार सम्बन्धि फोटा प्रदर्शनी गरिएको छ । अन्नपूर्ण पोष्टमा कार्यरत फोटो पत्रकार कृष्णमणि बरालले विभिन्न समयमा खिचेका तस्वीहरु प्रदर्शनीमा राखिएको थियो । बरालले पोखराको फेवाताल, बेगनास ताल, खास्टे ताल लगायतका ९ वटा तालहरुको विभिन्न अवस्था झल्कने ४० वटा फोटोहरु प्रर्दशनीमा राखेका थिए । एनिमल राइट्स नेपालको आयोजनामा कार्यक्रम भएको थियो ।सिमसार क्षेत्रको महत्व, अवस्था र संरक्षणको बारेमा विद्यार्थी र सर्वसाधारणलाई जानकारी गराउने उदेश्यले फोटो प्रदर्शनी कार्यक्रमको आयोजना गरिएको पत्रकार बरालले जानकारी दिए । पोखरा उपत्यकाका सिमसार क्षेत्र, ताल, पोखरी र दलदले क्षेत्रका तस्वीर समेटीएको हुनाले प्रदर्शनी विद्यार्थीका लागि उपयोगी भएको बरालको भनाई छ । प्रदर्शनीमा पोखरा उपत्यका भित्रका सिमसार क्षेत्रहरु यस क्षेत्रको सिमसार क्षेत्रको अवस्था, तालतलैया पुरीनु, प्रदुशीत हुनुको कारण र संरक्षणका उपाय, सिमसार क्षेत्रमा पाइने वस्पति, चरा, जीवजन्तु र मानवीय गतिविधि समेटीएको थियो ।

विश्व सिमसार दिवसको अवसरमा भएको फोटो प्रर्दशनी हेर्दै विद्यार्थी
विश्व सिमसार दिवसको अवसरमा भएको फोटो प्रर्दशनी हेर्दै विद्यार्थी

सिमसार क्षेत्र प्रकृतिक र मनवीय गतिविधिका कारण सुक्दै र विनास हुँदै गएका छन् । वनजङ्गल फडानी, सिमसार क्षेत्रमा समेत प्लटीङ गरी बस्ती बसाल्नु, यस क्षेत्रको अतिक्रमण गरी बनाइने विभिन्न संरचना सिमसार क्षेत्रको विनासका कारण सिमसार क्षेत्र सक्दै र ताल पुरीदै गएको अवस्थामा फोटो प्रदर्शनीले यसको नियन्त्रणका लागि सहयोग पु¥याउने बताइएको छ । सिमसार क्षेत्रको पहिचान गरी महत्वको बारेमा जनचेतना बढाउन सके सिमसार क्षेत्रको संरक्षण गर्न सकिने विज्ञहरु बताउँछन् ।

सिमसार क्षेत्रको दिगो व्यवस्थापनका लागि स्थानिय ज्ञान र सिपको उपयोग गरी समुदायको सक्रिय सहभागिता र अपनत्व बढाउनु पर्ने बताइएको छ । विभिन्न अध्ययन अनुसार नेपालमा दुई सय ४२ वटा सिमसार पाइएका छन् । कतिपय सिमसार पत्ता लगाउने क्रम जारी रहेको बताइएको छ । ति मध्य पश्चिमाञ्चल क्षेत्रमा करिव ५० सिमसार रहेको बताइएको छ । नेपालको कुल क्षेत्रफल मध्ये पानीले ५.६ प्रतिशत भाग अर्थात् सात लाख ४३ हजार पाँच सय ६३ हेक्टर क्षेत्रफल ओगटेको छ ।

कमेन्टहरु
Loading...