भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्वाङले कोभिड र प्राकृतिक प्रकोपले पूर्वाधार निर्माणमा धेरै असर पु¥याएको बताएका छन् ।
आज शहरी विकास मन्त्रालय, खानेपानी मन्त्रालय र कृषि तथा पशुपछी मन्त्रालयमा पदभार ग्रहण गर्दै उनले कोभिडका कारण विकासे मन्त्रालयहरूले लक्ष्यअनुसार प्रगति हासिल गर्न नसकेको बताए । विगतमा निर्माण भएका सडक, पुललगायतका धेरै पूर्वाधार बाढी र पहिरोका कारण क्षतिग्रस्त बनेको उनले बताए । उनका अनुसार कतिपय ठाउँ सडक सञ्जालबाट सम्पर्कबिहिन नै बनेका छन् । सरकारले निषेधाज्ञा पूरै नहटेसम्म नयाँ ठेक्कामा नजाने निर्णय गरेको उनले भने । उनले भने, “कोभिडका कारण काममा बाधा पुग्दा राष्ट्रिय र अन्तराष्ट्रिय लक्ष्य पूरा गर्न गाह्रो हुन्छ ।”
भौतिक रूपमा अहिले पाँच जनाले सबै मन्त्रालयको जिम्मेवारी सम्हाल्नुपर्ने परिस्थिति आएको मन्त्री नेम्वाङले बताउनुभयो । गत ८ गते सर्बोच्च अदालतले २० जना मन्त्रीलाई फिर्ता गरेपछि पाँच जनाले नै एकभन्दा बढी मन्त्रालयको नेतृत्व गर्नुपर्ने अवस्था आएको उनले बताए । गत पुस ५ मा विघटन भएको संसद् सर्बोच्च अदालतले पुनःस्थापना गरे पनि त्यसले बहुमतको सरकार दिन नसकेको उनले बताए । उनले भने, “संसद्बाट सरकार बन्न नसकेपछि संसद् बिघठन भएर नयाँ निर्वाचनको घोषणा भएको हो ।”
कोभिडले मानव स्वास्थ्य र आर्थिक क्षेत्र दुवैमा धेरै असर पु¥याएको मन्त्री नेम्वाङले बताए। सरकारले अहिले सडक, रेल, सिँचाइगायतका पूर्वाधार निर्माणको क्षेत्रमा अघि बढाइरहेको मन्त्री नेम्वाङले बताए । असल मनशायले काम गर्दा गल्ती नै भए पनि त्यो क्षमायोग्य हुने तर गलत नियतले गरेका काम दण्डनीय हुने उनको भनाइ छ । कर्मचारीले काम गर्दा कुनै गल्ती भए पछि हट्न नहुने उहाँको भनाइ छ । उनले भने, “मेरो बढुवामा पो असर गर्छ कि भन्ने सोचेर काम गर्न पछि हट्नुहुँदैन ।”
मन्त्री नेम्वाङले काठमाडौँ उपत्यका र उपत्यका बाहिरका ‘स्मार्ट सिटी’ कार्यान्वयनमा लैजानुपर्नेमा जोड दिएका छन् । शहरी विकास मन्त्रालयमा पदभार ग्रहण गर्दै उनले काठमाडौँ उपत्यकामा ललितपुर एक ठाउँमा बाहेक अरु तीन ठाउँमा कार्यान्वयन गर्न सकिने देखिएको बताए ।
उनका अनुसार निजी बैङ्कले समेत ‘स्मार्ट सिटी’ कार्यान्वयनमा सहकार्य गर्न चासो देखाइरहेका छन् । मन्त्रालयले फुसको छाना कार्यक्रमलाई प्रभावकारी बनाउनुपर्नेमा उनको जोड छ । मन्त्रालयले हिमाली र पाहाडी जिल्लालाई विभिन्न स्थान शहरीकरण गर्ने पनि कार्यक्षेत्रमा पार्नुपर्नेमा उनको जोड छ ।