पोखरा । १६ वर्षीय बालिकालाई बलात्कार गरि गोप्य भिडिओ बनाएर फेसबुक माफर्त सार्वजनिक गर्ने भारत बिहार घर भई पोखरा वडा नं ९ शान्तिबन बस्ने भारतिय नागरिक ईन्द्रजित कुमार शर्मालाई प्रहरीले विहिबार गरेको छ ।
बालिकालाई जबरजस्ती करणी गरी गोप्य रुपमा भिडियो बनाई उक्त भिडियो तथा फोटोहरु बालिकाकै नामको नक्कली फेसबुक आईडी बनाएर अश्लिल फोटो समेत हालिदिएको उजुरीपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।
शर्मा विरुद्ध जबरजस्ती करणी सम्बन्धी कसुरमा मुद्धा दर्ता गरी थप अनुसन्धान प्रकृया अगाडी बढाईएको जिल्ला प्रहरी कार्यलय कास्कीका डिएसपी सुवास हमालले जानकारी दिए ।