काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुको जिम्मेवारी हेरफेर गरेका छन् ।
२० जना मन्त्री पदमुक्त भएपछि खाली रहेका मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीसहित ५ मन्त्रीलाई बाँडिएको छ ।
उपप्रधानमन्त्री विष्णु पौडेललाई अर्थ, उद्योग, वाणिज्य तथा आपूर्ति, ऊर्जा, जलस्रोत तथा सिञ्चाइ र गृह मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
प्रधानमन्त्रीले रक्षा र परराष्ट्र मन्त्रालय आफैंसँग राखेका छन् ।
