फेरि बढ्यो पेट्रोलको मुल्य

नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ ।

निगमले बुधबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर २ रुपैयाँ बढाएको हो ।

मुल्यबृद्धिपछि पेट्रोल १ सय २७ रुपैयाँ, डिजेल र मट्टीतेलको समान १ सय १० रुपैयाँ हुनेछ ।

यस्तै हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर २ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर २० अमेरिकी डलर वृद्धि गरिएको निगमले जनाएको छ ।

कमेन्टहरु
Loading...