भोलीदेखि कास्कीका पालिका तथा वडाबाट विभिन्न सेवा सञ्चालन हुने

गन्थन संवाददाता । यहि असार १० गते (भोली) देखि कास्की जिल्लाका स्थानीय निकायबाट विभिन्न अत्यावश्क सेवा सञ्चालन गरिने भएको छ ।

जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै भोलीदेखि शान्ति सुरक्षा, ठाडो उजुरी, मुद्दामामिला, नागरिकता, नाबालक परिचय पत्र, विभिन्न सिफारिस, संघसंस्था दर्ता, नविकरण, भारतीय पेन्सन सिफारिसलगाएतको सेवा प्रवाह हुने जानकारी दिएको हो । भिडलाई कम गराउन सेवाका प्रकार अनुसार छुट्टै छुट्टै बारहरु तोकिएको छ ।

थप विवरणः

कमेन्टहरु
Loading...