राजु गिरी/पोखरा । यातायात व्यवस्था कार्यालय कास्कीले असार १० गते (भोली) देखि सेवाग्राहीका लागि कार्यालय खोल्ने भएको छ । कार्यालयले आज सूचना जारी गर्दै सेवाग्राहीलाई सिमित टोकन वितरण गरि सेवा दिने जानकारी दिएको हो ।
कार्यालयका अनुसार सवारी साधन कर, आयकर, नवीकरण दस्तुर, ब्लुबुक नवीकरण, रुट परमिट नविकरण तथा नयाँ सवारी दर्ताको काम हुनेछ । बिहान ९ः३० देखि २०० वटा टोकनमात्र र एक व्यक्तिलाई बढिमा ३ वटा टोकन वितरण गरिने कार्यालयले जनाएको छ । साथै सवारी साधन सुचारु भएको ६० दिन भित्र कर तिर्न आएमा जरिवाना नलाग्ने कार्यालयले बताएको छ ।
थप जानकारीः
