गन्थन संवाददाता । कोरोना संक्रमणका कारण आज पोखराका ५ जनाको ज्यान गएको छ । ज्यान जानेमा पोखरा वडा नं. ४, ६, १३, १६ र २५ का एक–एक जना पुरुष रहेका छन् ।
त्यस्तै कास्कीमा पछिल्लो २४ घण्टाको अवधिमा ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै गण्डकी प्रदेशमा १ सय १६ जना नयाँ संक्रमित थपिएका स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले विज्ञप्ती जारी गर्दै सो कुराको जानकारी दिएको हो ।
सुरक्षित र सचेत रहन निर्देशनालयले सबैलाई आग्रह गरेको छ ।
थप विवरणः
