गुमराहमा पारिएको कम्युनिस्ट आन्दोलन र नेकपा एमाले 

राजन शर्मा पराजुली / स्कुले केटाकेटी अबस्थामा रंगैरंगले सुर्यको झन्डा समाउदै पार्टीका कार्यक्रमहरुमा गइन्थ्यो । फर्किदै गर्दा चिया पसलहरुमा ठुला ठुला मान्छेहरु गफ गरिरहेका हुन्थे। कम्युनिस्टहरुलाइ सिध्याउन पर्यो भने सत्तामा पुर्याए हुन्छ भन्दै हासिरहेको सुनिन्थो । मनमा कता कता खिन्न लाग्थ्यो । अनि आफ्ना दाइ हरुलाइ सोध्यो ती काला काग्रेसहरु हुन त्यही भएर त्यसो भनेका हुन् । त्यो जवाफले चित्त बुझ्दैनथ्यो, अपुरो लाग्थ्यो । आज कम्युनिस्ट पार्टीको एक सक्रिय कार्यकर्ता भैरहदा सानोमा चिया पसलमा सुनेको त्यो वाक्य ठिक रहेछ भन्ने भान परिरहेको छ।

कम्युनिस्ट आन्दोलन मुलत मार्क्सवादको आधारभुत जगमा उभिएको हुन्छ । स्वभाविक हिसाबले प्रश्न उठ्छ मार्क्सवाद भनेको के हो ? सामान्यतया मार्क्सवाद भन्नाले समाजको क्रान्तिकारी परिवर्तन गर्न बाटो देखाउने एक वैज्ञानिक सिद्दान्त हो । यसलाई श्रमजीवी बर्गको मुक्तिको सिद्धान्त, समाजवादी क्रान्तिको सिद्धान्त आदि पनि  भन्ने गरिन्छ । यसले श्रमजीवी वर्गको मुक्तीसंगै समाजको परिवर्तनको निम्ति मार्गदर्शन पनि गर्दछ ।
simon blackborn का अनुसार “सैद्धान्तिक रुपमा मार्क्सवाद भन्नाले मार्क्सले अगाडि सारेका आधारभुत विचारहरुलाई जनाउदछ । यी विचारहरुमा समाज र विश्वको व्याख्या निश्चित प्रवर्गहरुको आधारमा गर्ने ,ती प्रवर्गहरुको आर्थिक तथा उत्पादन -प्रक्रियाहरुसंग सम्बन्ध जोड्ने । सर्वहारावर्गको क्रान्तिद्वारा पुजीवादी समाज परिवर्तन हुनेछ भन्ने कुरामा विश्वास गर्ने, अर्थशास्त्रको क्षेत्रमा मुल्यको श्रम सिद्धान्तलाई मान्ने र उत्पादनमाथिको निजि स्वामित्वको निषेध गर्ने कुराहरु पर्दछन । ब्यबहारिक रुपमा मार्क्सवाद भनेको शोसित पिडित वर्गलाई क्रान्तिद्वारा मुक्ती दिलाउने प्रतिवद्दता हो ।”
क.लेनिन भन्नुहुन्छ ” मार्क्सको दर्शन ब्यबस्थित भौतिकवादी दर्शन हो ।यसले मानव समाजलाई खासगरी श्रमजीवी वर्गलाई ज्ञानको सुदृढ औजार प्रदान गर्दछ ।”
यहि मार्क्सवादलाई आफ्नो मुख्य सिद्धान्त मान्ने कम्युनिस्ट पार्टीहरुले त्यसलाई बास्तबमा मान्छन कि मान्दैनन भन्ने कुरा उनका व्यबहारबाट ,बिचारबाट ,आचरणबाट झल्किनुपर्दछ । सरकार संचालन गर्ने अबसर पाउँदा तिनले ल्याउने नीति तथा कार्यक्रम बाट चाल्ने कदमबाट, मुल्यांकन गर्ने हो र गरिनुपर्दछ । त्यसो हो भने आज सरकार संचालन गरिरहेको कम्युनिस्ट पार्टी के गरिरहेको छ ?
यो एउटा गम्भीर प्रश्न हो ? इतिहासले यसको निर्मम समिक्षा गर्नेछ । नेपालका कम्युनिस्ट पार्टीका संस्थापक महासचिव क.पुस्पलालको पालादेखी के भन्दै आयौं र के गरिरहेका छौ ? यो महत्त्वपूर्ण सवाल हो ।
२००६ भदौ ३० गते जारी गरिएको नेपाल कम्युनिस्ट पार्टीको घोषणा पत्रमा यस्ता कुराहरु समाबेश गरिएका थिए ।
मजदुर संगठनमा जिल्ला जिल्लाबाट मजदुरहरुका प्रतिनिधिहरु समाबेश गर ।उनिहरुद्वारानै मजदुर संगठन बनाउ ।यी सबै मागहरू र आफ्नो सुरक्षा हासिल गर्नको निम्ति आफ्ना शक्तिहरुलाइ एकताको बलियो डोरिमा बाध ।
१.जिउनयोग्य तलब २.दिनमा आठ घन्टाको कार्यकाल ३. कामको राम्रो प्रबन्ध ४.नोकरिको सुरक्षा ५. बुढ्याइमा भत्ता (निवृतिभरण)
६.केटाकेटीहरुको लागि निशुल्क शिक्षा ७.मजदुर संगठनको सम्पुर्ण अधिकारहरुको उपभोग
किसानहरूको लागि
१.जमिन जोत्नेलाई २.बाझो र पर्ति जमिन खेतालाहरुलाई ३.गैरकानुनी कोसेली प्रथा र वेगारी चलनको समाप्ति ४.तिमागा प्रथा तुरुन्त चालू गर्ने (बालिको तीन खन्डको एक खन्ड तलसिंहलाइ दिने ,दुई खन्ड मोहिले लिने )
५.खेताहरुलाइ जिउनयोग्य तलब (ज्याला)६.पुर्ण नागरिक स्वतन्त्रता
नेपालको पहिलो राष्ट्रिय आन्दोलनमा तिमिले महत्वपूर्ण काम गरेका छौ ।प्रशस्त मात्रामा रगतको भेट चढाएका छौ ।युवक गंगालालको अमर -शहिद प्राप्तिले तिमीलाई नयाँ संघर्स र वलिदानको निम्ति उत्साहित तुल्याएको छ। निम्न मागहरु हासिल गर्नका लागि आफ्नो स्वतन्त्र लडाकु संगठन कायम गर ।
१.सर्वसाधारण जनताहरुको निम्ति पुरा प्रजातान्त्रिक अधिकार
२.प्रजातान्त्रिक ढाँचाको शिक्षा -विना फिस अनिवार्य प्राथमिक शिक्षा /उच्च शिक्षा निम्ति कम फिस ३.पाठशालाको पुर्ण अधिकार
४.सच्चा स्वतन्त्रताको निम्ति प्रजातन्त्र र शान्ती
महिलाहरुको लागि
१.वराबर कामको निम्ति बराबर ज्याला २.सम्पुर्ण राष्ट्रिय जिबनमा बराबर अधिकार ३.सुत्केरीको निम्ति बिशेष सुबिधा र वालबच्चाहरुको लागि सुरक्षा ४.विना फिसमा शिक्षा ५बिदेशी साम्राज्यवादि देशहरूको फौजमा रहेका हाम्रा खसमहरु र छोराहरु फिर्ता देउ ५.नेपाललाई स्वतन्त्र र नेपालमा जनताको प्रजातन्त्र
यस्ता नाराहरु सहित नेपालमा स्थापना भएको  कम्युनिस्ट कम्युनिस्ट पार्टी विभिन्न नाममा पटक पटक सरकार गयो । राजनैतिक अधिकार बाहेक रुप बदलियो होला तर सारमा ती मागहरु अझै पनि धेरै उस्तै छन ।शिक्षा स्वास्थ ,रोजगारीको विकराल स्थिती छ । उ बेला बाहिर फौजमा गएका पुरुष फिर्ता गर भन्ने माग थियो अहिले महिला लाई  पनि पठाउने भन्ने निर्णय गर्दैछ ।  विभिन्न कुराहरुका वाबजुद अनेक आरोह अवरोहलाई छिचोल्दै आफ्नो संगठित शक्तीलाइ बलियो बनाउदै जनताको माझमा कम्युनिस्टहरु एक असल ब्यक्ती तथा देशभक्त ,समाज र राष्ट्रको हित चाहान्छन भन्ने कुरा मुलभुत रुपमा स्थापित गरेको थियो ।
सोभियत संघको पतनपछी विश्व कम्युनिस्ट आन्दोलन अत्यन्तै गम्भीर संकटबाट गुज्रिरहेको थियो ।मानिसहरुले पार्टीको नामबाट कम्युनिस्ट शब्द नै झिकिरहेका थिए ।ठिक त्यहि बेला कम्युनिस्ट आन्दोलनलाई नया दिशा दिने गरि नेपालमा क.मदन भन्डारिको अगुवाईमा जनताको बहुदलीय जनवादको सिर्जना भयो ।सामान्यतया जबजको परिभाषा लोकतान्त्रिक तरिकाले समाजको प्रगतिशील रुपान्तरण गर्ने क्रान्तिको सिद्धान्त भन्न सकिन्छ । नेकपा एमालेको पाचौं महाधिबेशनबाट पारित गरिएको दस्तावेजमा धारा ३मा नेपाली क्रान्तिको कार्यक्रम भनेर उल्लेख गरिएको छ ।
३.१ नेकपा एमाले नेपालको सर्वहारा श्रमजीवी वर्गको राजनैतिक पार्टी हो । यसले नेपालम  गरिबी ,अभाव तथा सबै प्रकारका शोषण र असमानताहरुलाई अन्त्य गरि प्रगतिशील ,विकसित ,सबल र समृद्ध समाजको निर्माण गर्न चाहान्छ । त्यसको निम्ती वैज्ञानिक समाजवाद र साम्यवाद नै उच्चतम लक्ष्य हो भन्ने दृढ विश्वास राख्दछ ।समाजवाद र साम्यवाद आफ्नो अधिकतम एंव अन्तिम लक्ष्यको रुपमा निरन्तर लागिरहने अठोट व्यक्त गर्दछ ।
३.२ तर अहिले नेपाली समाज सामन्तवाद, दलाल नोकरशाही पुजिवाद र साम्राज्यवादको उत्पिडनमा छ ।समाजको विकासको बाटो अवरुद्ध छ । देशको औधोगिकरण र समाजको पर्याप्त भौतिक विकास बिना योग्यता अनुसार काम र काम अनुसारको दाम दिने समाजवादी समाजको निर्माण गर्न सकिन्न । त्यसकारण अहिले राष्ट्रिय पुंजी र उधोगको विकास सुनिश्चित गर्नु पहिलो र अनिवार्य काम हो ।त्यसको निम्ति सामन्तवाद र साम्राज्यवादको अन्त्य गर्न जरुरी छ ।पुंजिवादी जनवादी क्रान्ति सम्पन्न गर्न जरुरी छ। त्यसकारण हाम्रो वर्तमान क्रान्तिको अधारभुत चरीत्र पुजीवादी जनवाद हो ।हाम्रो लक्ष्य जनताको जनवादी ब्यबस्थाको स्थापना गर्नु हो ।यो पहिलो काम पूरा गरे मात्रै हामी समाजवादको निम्ति अगाडि बढ्दछौ ।
उक्त दस्तावेजमा स्पष्टसंग के लेखिएको छ भने सबै खराबी र दुर्भाग्यको रक्षा किल्ला राजतन्त्र बनेको छ । सामन्तवादको प्रमुख नाइके पनि त्यही हो । आज सबै क्रान्तिकारीसंग त्यसको उन्मुलन बाहेक अर्को कुनै विकल्प छैन ।
0६२-०६३को जन आन्दोलनलाई हामिले शान्तिपूर्ण राजनैतिक जनक्रान्ती भन्यौ।यसले सामन्तवादको प्रमुख नाइके मानिएको राजतन्त्र उन्मुलनको घोषणा गर्यो। नेपालमा जनवादी क्रान्ति सम्पन्न भएको र अबको बाटो समाजवाद तर्फको हुने /नेपाली समाजको चरीत्र अहिले पुंजिवादी चरणमा प्रबेश गरेको र नेपालको पुंजी दलाल पुंजी रहेको र यसलाई राष्ट्रिय उधमशिल पुजिको रुपमा विकास गर्दै समाजवादका आधारहरु तय गर्नुपर्ने निष्कर्षसहित एमालेको नवौ महाधिवेशनबाट क.केपि ओलि अध्यक्ष पदमा निर्वाचित हुनुभयो ।
नेपालमा स्थापना कालिन समयदेखिनै विभिन्न कम्युनिस्ट घटक हरु रहेतापनी त्यसको मुलभुत नेतृत्व नेकपा एमालेले गरिरहेको थियो ।०५२ सालदेखी स्पष्ट रुपमा दुई धार देखिन पुगे नेकपा एमालेले जबजको रुपमा शान्तिपूर्ण लोकतान्त्रिक कम्युनिस्ट आन्दोलन तर्फ अगाडि बढिरह्यो। नेकपा माओवादी शसस्त्र विद्रोह सहित जनयुद्ध संचालन गर्दै अगाडी आयो । ०६४को निर्वाचनमा शान्तिपूर्ण राजनीतिलाई अंगाल्दै देशको प्रमुख शक्ति बन्यो । त्यतिबेला एमालेको आकार खुम्चिन त पुग्यो तर बैचारिक राजनीतिक कार्यदिशाका आधारमा हेर्दा त्यहा जबजको नेतृत्व देखिन्थो ।धैरै असमानता ,फरक मत हुदा हुँदै पनि बैचारिक लाइन एउटै जस्तो हुन पुग्यो ।त्यसलाई बल प्रदान भने माओवादी केन्द्रको हेटौंडा महाधिवेशन ,एमालेको नवौं महाधिबेशन बाट राजनैतिक ,बैचारिक कार्यदिशा उस्तै उस्तै देखिए। राष्ट्रिय पुंजिको बिकास गर्दै समाजवादका आधार तय गर्ने ।
नेपाली कम्युनिस्ट आन्दोलनबाट प्रथम पटक प्रधानमन्त्री हुनुभएका जनताले सधैं याद गरिरहने एक कुशल नेता मनमोहन अधिकारिको नेतृत्वमा जनताले आफ्नोपनको अनुभुती गरेको एमाले नेतृत्वको लोकप्रिय सरकारको आलोकमा स्थायीत्व र समृद्धिको नारा   जनताले बिश्वास गर्ने निश्चय नै थियो ।अढाई अढाई बर्ष सरकार संचालन गर्ने गोप्य सहमति सहित स्थायित्व र समृद्धिको सपना लिएर नेकपा एमाले र माओवादी केन्द्र वाम गठबन्धन बनाउदै निर्वाचनमा होमिए ।
अभुतपुर्ब जनमतक  साथ नेपाली जनताले त्यसलाई स्विकार्दै झन्डै दुई तिहाई मत दिएर सरकार संचालनको अनुमती दिए।
क.पुस्पलालले भनेझैं कम्युनिस्ट पार्टी नेता प्रधान होइन नीति प्रधान हुन्छ ।तर यहाँ ठिक उल्टो हुन पुग्यो ।नवौं महाधिवेशनमा बिचार एउटा पास भयो नेतृत्व अर्कै ।त्यसैले त बिचारमा छलफलनै नगरी , संगठनात्मक कुरा नटुङ्गाइ एकाएका एमाले विघटन गर्दै नेकपा बनाइयो । एमालेले आफुसंग हुर्काउदै ल्याएको नेपाली कम्युनिस्ट क्रान्तिको मोडेल जबजलाई रछ्यानमा उहाँ ओलिले नै पुर्याउनु भयो ।शुरुवातकालिन समयमै जिल्ला सचिव (प्रमुख)को जिम्मेवारी पाउनुभएका ओलि एक पटक पनि बैठक नराखेर करिव १६ महिना पछि कारबाहीमा पर्नुभएको पुराना नेता राधाकृष्ण मैनाली बताउछन । त्यस्तो स्कुलिङ्ग आफू र आफ्ना अझै भनौ उहाँ बा अरु छोराछोरी उहामा रहेको चरम ब्यक्तिवादी संस्कार ,उता फेरि जनयुद्ध संचालन गरेर सुपृमो बनेर आउनुभएको क.प्रचण्ड ।
ब्यक्तिको टकराव पार्टीको विधि बिधान पद्धतिलाई त्यति महत्व नदिएरै हामी दुई मिलेपछि सबै मिल्छ भन्दै सबै कुरा लत्याउदै अगाडी बढ्नुभयो ।यहासम्म कि आफू दुई जना अध्यक्ष हुने पनि आफै निर्णय गर्नुभयो। स्मरण रहोस क.माधव नेपाल सुरुबाटै दुइटा अध्यक्षको चोचोमोचो मानिदैन विधि पद्धतिका आधारमा चलौ भन्दै फरक मत राख्दै आउनुभयो ।जब गोप्य सहमति बाहिरियो , सरकार सुम्पिनुपर्ने बेला भयो तब दुरि बढ्दै जान थाले ।
कार्यदलका अनेक प्रयास , कुर्सी छोड्नुपरे भाचदिन्छु यस्ता अभिव्यक्तिका बाबजुद एउटा सहमति निर्माण भयो। सरकार संचालनका महत्त्वपूर्ण निर्णयहरु पार्टीले गर्ने र पार्टीमा पनि महत्वपूर्ण निर्णय सल्लाहमा गर्ने भनेर निर्णय पुस्तिकाको मसि सुक्न नपाउदै ,आफैले बिश्वकै उकृस्ट संबिधान भनेर दिपावली गरेको संबिधानले दिदै नदिएको अधिकार छ भनेर संसद बिघटन गर्नुभयो ।विगतका अनुभवबाट पाठ सिक्दै संसदलाई एकदमै शक्तिशाली संस्था बनाउनको निम्ति प्रधानमन्त्रीले चाहदैमा विघटन गर्न नसक्ने प्राबधान थियो तर यसैको उहाले पटक पटक धज्जी उडाउनु भयो । उहाले संविधान बन्यो भनेर दिपावली गर्दै गर्दा कालो संबिधान भनेर जलाउने हरु आज उहाका हितेषी बनेका छन । नक्साको चुच्चो लुकाइएको छ। रोक्का गरिएका चुरे पर्बतहरु बेच्ने निर्णय गर्नुभएको छ ।
नेताका श्रीमतिहरु , भाइ भारदारहरु योग्य बनेका छन ।डन , कमिसनखोर , दलालहरुको छाँया बसेर बालुबाटार दिल्लिको भजन गाइरहेको छ,सामन्त गोयलका आदेशहरु तामिल भैरहेका छन, हिजो चक्लेट हो र भनेको नागरिकता आज चकलेट भन्दा सस्तो बनाउन खोजिएको छ अनि साइबर स्यालहरु बजारमा हुइया मच्चाइरहेका छन् ।
विचारको हिसाबबाट भन्ने हो भने नेकपा एमालेले तय गरेको राष्ट्रिय उधमशिल पुंजिको विकास गर्दै समाजवादका अधार तय गर्ने भन्ने दिशातर्फ एक कदम पनि अगाडी बढेको छैन । त्यो विषयमा एक पटक पनि पार्टीमा छलफल चलेको छैन ।बरु यति ,ॐनि समुहहरु दुर्गा प्रसाईं हरुलाई वालुबाटारले अंगालो मारेको छ ।उहाँ त त्यो मार्क्स को हो ? जिजुबाजे हो कि हजुरबुबा हो ? के साइनो छ भनेर भाषण गर्नुहुन्छ उहालाई त्यता भन्दा भगवान राम जन्माउन , पशुपतिमा सुनको छाहारी बनाउन रुचि छ ।कोरोना आंतकमा बेड नपाएर मान्छे मरिरहेछ्न ,यति खोप र उति खोप भनिएको छ तर पाएको छैन । उहासंगै निर्वाचित भएका पदाधिकारी खारेज हुने उहाँ रहिरहने अचम्मको कानुन छ उहासंग , उहालाई कुनै विधि बिधान लागू हुदैन , आफुभन्दा सिनियर नेताहरु जो पहिला प्रधानमन्त्री बने , पार्टी प्रमुख बने उनीहरुलाई कारबाहिको डन्डा बर्साउनु भएको छ । दोस्रो पुस्ताका पनि फरक मत राख्नेलाइ सुन्ने नसक्ने गरि भन्नुहुन्छ , आफ्नै सहपाठीलाई बरु श्रद्धाञ्जली त भन्न हुन्थ्यो जिउदै छन त्यो भन्न नि मिलेन भनेर गिल्ला गर्नुहुन्छ । यसले उहाको स्तर बढेको छ र ?
 • निम्न पुजीवादी बिचार बोक्ने पार्टीले पनि गर्न नसक्ने काम कार्बही गरेर त्यसको लाज राख्न धरहरा ठडाए भन्दै कम्युनिस्ट आन्दोलनलाई गुमराह गरिएको छ र नेकपा एमाले लाई बिसर्जन गर्न खोजिएको छ । भारत नेपालमा स्थिरता ,सुशासन चाहदैन भन्ने कुरा आधुनिक नेपालको यथार्थ हो ।
यसलाई आत्मसात गर्दै हामिले तय गरेको राजनैतिक बाटोमा निष्ठापुर्बक लाग्नु अहिलेको आबश्यकता हो । प्रश्न गर्नेहरु प्रश्न गर्दैमा गलत ठहरिदैनन केबल दासले मात्रै आफ्नो मालिक संग प्रश्न गर्न सक्दैन । हामी त नया युगको चाहाना मनमा बोकेर हिडेका कम्युनिस्ट कार्यकर्ता हौ । मार्क्सवाद ,लेनिनवादको सिर्जनात्मक प्रयोगबाट निर्मित जनताको बहुदलीय जनवाद र एमालेको बिधानको अक्षरंश पालनाबाट नै हाम्रो अहिलेको संकट टर्न सक्दछ । यसको पक्षमा लाग्नु हामी सबै युबा ,बिद्यार्थी , नेता कार्यकर्ता ,बुद्धिजीवी शुभचिन्तक सबैको युगिन अभिभारा हो ।
(लेखक विद्यार्थी नेता हुन् ।)
कमेन्टहरु
Loading...