- सौगात पोखरेल
कृष्णचन्द्र पोखरेल नेपालीको नेतृत्वमा नयाँ गण्डकी प्रदेश सरकार गठन भएसँगै सरकार संचालनको बिषयमा किचलो सुरु भएको छ । सत्तारुढ दलहरुमा बिबाद पैदा भएसँगै पछि बिश्वासको मत पाउने कुरामा आशंका पैदा भएको भन्दै मुख्यमन्त्री पोखरेलले एक हप्ताभित्रै बिश्वासको मत लिएका थिए ।
बिश्वासको मत लिनका लागि मुख्यमन्त्रीले बिभिन्न दलहरुसँग बिभिन्न किसिमका सहमति गरेको कुरा बाहिर आएका छन् । कोहिसँल लिखित र कोहिसँग मौखिक सहमती भएको माओबादी र जसपाका नेताहरु बताउँछन् । उनले जसपाका नेताहरुसँग त अर्थ मन्त्रालय र अर्को एक मन्त्रालय दिने गरि सहमति गरेको रहस्य खुलेको छ । सहमति पत्रमा जसपाको तर्फबाट संसदीय दलको नेता हरिशरण आचार्य र काँग्रेसका तर्फबाट मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले हस्ताक्षर गरेको देखिन्छ ।
मुख्यमन्त्रीले जसपासँग सहमति गरेको भएपनि अर्का मन्त्री कुमार खड्काले असहमति जनाएपछि सहमति तोड्ने मुडमा पोखरेल रहेको स्रोतको दाबी छ । मुख्यमन्त्रीको रुपमा पोखरेल देखिएपनि सत्ता समिकरणका लागि कुमार खड्काले अलि बढि भुमिका खेलेको देखिन्छ ।
नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवा र डा. बाबुराम भट्टराईले गठबन्धनको निरन्तरताका लागि सहमती गरेर अगाडी बढ्नका लागि आफ्ना प्रदेशका नेतृत्वलाई आग्रह गरेपछि पोखरेल र आचार्य बिचमा सहमति भएको थियो ।
नेपाली काँग्रेस र जनता समाजबादी बिच भएको सहमति पत्र यस्तो छ ।
