नेपालको नयाँ नक्शा नराखेको भन्दै अनेरास्ववियुद्वारा क्यालेण्डर जफत (भिडियो सहित)

पोखरा । पोखरा विश्वविद्यालयले प्रकाशन गरेको २०७८ सालको शैक्षिक क्यालेण्डरमा नेपालको नयाँ नक्सा नराखेको भन्दै विश्वविद्यालयको अनेरास्ववियुले उक्त क्यालेण्डर जफत गरेको छ ।

विश्वविद्यालयको शैक्षिक क्यालेण्डरमा लिपुलेक, लिम्पियाधुरा तथा कालापानीसहितको नेपालको नक्सा प्रकाशित नगरि पुरानै नक्शा प्रकाशित गरेको भन्दै जफत गरेको हो ।

अनेरास्ववियुका नेता प्रदिप भट्टको नेतृत्वमा नरेश खनाल, रोशन घिमिरे र प्रज्वल ओझाको टिमले राष्ट्रियता प्रतिको लापरवाहीलाई तत्कालै सच्चाई नयाँ नेपालको नक्शा सहित क्यालेण्डर प्रकाशन गर्न माग गरेको छ ।

विश्वविद्यालयले एक हप्ता भित्र नयाँ नक्शासहितको क्यालेण्डर प्रकाशित गर्न अनेरास्ववियुले चेतावनी समेत दिएको छ ।

उनीहरुले विश्वविद्यालयले प्रकाशन गरेको ३ हजार क्यालेण्डर जफत गरेका हुन् ।

कमेन्टहरु
Loading...