नेपाल रेडक्रस सोसाइटी उपशाखा ७ को अध्यक्षमा बराल

पोखरा १८, माघ ः नेपाल रेडक्रस सोसाइटी उपशाखा ७ को शनिवार सम्पन्न दशौं साधारण सभा तथा छैटौं अधिवेशनले ठाकुर प्रसाद बरालको सभापतीत्वमा सर्वसम्मत रुपमा नयाँँ कार्य समिति चयन गरेको छ ।निर्वाचीत सदस्यहरुमा राममोहन आचार्य, मुक्तीराम बराल, सुर्य कार्की, भोजराज बराल, प्रभा पन्त, दामोदर बराल, माहाकाली बराल, अनुपा बराल र पदेन सदस्य निर्वतमान अध्यक्ष लेख बहादुर केसी चयन हुनु भएको छ ।

ठाकुर प्रसाद बराल
ठाकुर प्रसाद बराल

अधिवेशनमा सांगठनीक प्रतिवेदन सचिव ठाकुरप्रसाद बरालले प्रस्तुत गरेका थिए भने आर्थिक प्रतिवेदन कोषध्यक्ष नारायणी पहारी ढकालले गरेकी थिइन । निर्वाचित कार्य समिति सदस्यहरुलाई कार्यक्रमका प्रमुख अतिथि नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कास्कीका सदस्य तथा निर्वाचन अधिकृत धर्मराज अधिकारीले सपथ ग्रहण गराएका थिए । उद्घाटन सत्रमा कार्यक्रमका प्रमुख अतिथि धर्मराज बराल, उपशाखा ७ का संस्थापक सभापती चुडामणि बराल, नागरिक समाजका अगुवा रामबहादुर पौडेल, समाज सेवी शोभाचन्द्र बराल, पुरुषोतम रेग्मी, पुष्पलाल स्मृती पार्कका अध्यक्ष बिष्णमणि बराल लगाएतले सुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।

अजिवन सदस्य भोजराज बरालले रेडक्रशको महत्वका बारेमा कविना वाचन गरेका थिए । उपशाखा ७ का सभापती लेखबहादुर केसीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तब्य शाखाका उपाध्यक्ष अनिल कुमार शाहीले गरेका थिए भने सात सिद्धान्त वाचन पार्वती ढुङ्गानाले गरेकी थिइन ।

कमेन्टहरु
Loading...