नगरपालिकाको महंगो फोहोर कर नतिर्ने नागढुङ्गाबासिको भनाई

· यो स्वेत आतंक हो

· मिसन होइन कमिसनको खेल हो

माघ १८,पोखरा/पोखरा उपमहानगरपालिकाले गत महिनादेखि पोखरामा उठाउन लागेको फरक प्रकृतीको फोहोर कर नागढुङ्गाबासीले नतिर्ने भएका छन् । नागढुङ्गा, वडा नम्वर ८ र ९ का बासिन्दाहरुको संयुक्त टोलभेलाले यस्तो निर्णय गरेको हो । नागढुङ्गा युवा क्लवको पहलमा शनिवार आयोजित टोलभेलामा बोल्ने टोलका अगवुाहरुले नगरपालिकाले लिंदै आएको साविक बमोजिमको कर तिर्ने तर नयाँ मुल्य अनुसारको कर कुनै हालतमा नतिर्ने बताए ।

 

 

स्थानिय विदुर जोशिकै घरमा भाडा बस्ने गुराँस आर्टले फोहोर कर तिरेको रसिद
स्थानिय विदुर जोशिकै घरमा भाडा बस्ने गुराँस आर्टले फोहोर कर तिरेको रसिद

‘हामीलाई सोध्दै नसोधि जवर्जस्त लादिएको फोहोर कर तिर्दैनौं बरु प्रतिकार गर्न तयार छौं’– नागढुङ्गा आमा समुहका अध्यक्ष पवित्रा गिरीले भेलामा भनिन् । त्यस्तै एयरपोर्ट टोल विकास संस्थाका उपाध्यक्ष गणेशकुमारी शर्माले घरमुलिले फोहोर कर तिरिसकेपछि घरका सम्पूर्ण सदस्यहरुले तिर्नुपर्ने यो कस्तो नियम ? भन्दै प्रश्न गरिन ।

पोखरा उद्योग बाणिज्य संघका सदस्य समेत रहेका नागढुङ्गाका स्थानिय धनिराम बरालले यसलाई नगरपालिकाको स्वेत आतंकको संज्ञा दिंदै नगरपालिकाले सिधै नगरबासिको आँखामा कालो पट्टि बाँधेर ठग्न थालेको बताए । अर्का स्थानिय लिलबहादुर घलेले राज्यले भने अनुसार जनताले तिर्दै आएपनि त्यसवापत राज्यले जनतालाई कुनै सुविधा दिन नसकेको जिकिर गरे । ‘उनीहरु कुर्सिमा बसेर शासन गर्ने अनि हामी शासित हुने, के हामी तिनका दास हौं’– उनले प्रश्न गरे । त्यसैगरि भेलमा स्थानिय रुद्रबहादुर घले, कमला श्रेष्ठ, राजेन्द्र श्रेष्ठ, लगायतले नगरपालिकाले यसलाई मिसन भने पनि यो कुनै मिसन नभई कमिसन भएको आरोप लगाए ।

नागढुङ्गामा फोहोर करका बारेमा छलफल गर्न आयोजित टोलभेला
नागढुङ्गामा फोहोर करका बारेमा छलफल गर्न आयोजित टोलभेला

स्थायिन कमल काफ्लेले फोहोर कर उठाउन फोहोरका ठेकेदारहरु आउन थालेको बताए । ‘चिल्लो गाडिबाट झरेका ठेकेदारले पैसा नतिरे कुटेर पनि असुल्छु भनि थर्कायो’–उनले भने । पोखरा उममहानगरपालिकाले गएको पौष महिनादेखि प्रत्येक घरमा सटर बमोजिम नयाँ मुल्य अनुसारको कार्ड वितरण गर्न थालेको छ । एकै घरका फरक फरक सटरमा पनि सटरैपिच्छे फोहोर कर असुल्न थालेपछि टोलबासिहरु यसको विरुद्धमा लागेका हुन् । नगरपालिकाले एकै घरको सटरमा सय रुपैयाँदेखि तीन शय, पाँच शय, आठ सय, एक हजार लगाएत फरक फरक रकम उठाउन शुरु गरेको छ ।

कमेन्टहरु
Loading...