पोखरा । विघटित प्रतिनिधि सभाका निबर्तमान साम्सद बिद्या भट्टराई अधिकारिले बर्षायाम शुरूवात भएसंगै देशका विभिन्न स्थानमा आएको बाढी पहिरो लगाएतका प्राकृतिक प्रकोपले आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै उद्दार र राहतका कार्यमा जुट्न सम्पुर्णमा अनुरोध गरेकी छन् ।
भट्टराईले बुधबार सामाजिक संजालमा एक सार्बजनिक अपिल जारी गर्दै सो आग्रह गरेकी हुन। उनले अपिलमा “बर्षा याम सुरु भएपछि धेरै बस्तीहरू जोखिममा पर्छन् । अहिले सुरूकै अबस्थामा बर्षाले मनाङ र सिन्धुपाल्चोक,कास्की र स्याङ्जामा अधिकतम असर पुगेको भन्दै पिडितको उद्धार र राहतका काममा राज्यका सम्पुर्ण संयन्त्रको प्रभावकारी परिचालनमा जुट्न तिनै तहका सरकारलाई आग्रह गर्दै सचेततापुर्बक सहयोगमा जुट्न आम नागरिकलाइ आग्रह समेत गरेकी छन् ।
उनले बिपदमा परि ज्यान गुमाउनेहरु प्रती श्रद्धाञ्जली ब्यक्त गर्दै पीडित हरुको शिघ्र स्वास्थ्य लाभको कामना गरेकी छ्न।क्षति हुन नदिनका लागि सम्बन्धित निकायले समयमा नै अनुगमन र उद्धारकार्यमा जुट्नु पर्ने भएको छ ।” उल्लेख गरेकी छ्न्।
जोखिममा परेका क्षेत्रहरूको दिगो संरक्षणका लागी समेत थप योजना बनाई कार्यान्वयनमा जानुपर्ने आवश्यकता देखिएको भन्दै उनले बाताबरण मैत्री बिकासको अबधारणा सबैतिर कडाइका साथ लागू गर्नुपर्ने उल्लेख गरेकी छ्न्।