सिन्धुपाल्चोक स्थित मेलम्ची र इन्द्रावती नदीमा आएको बाढीले ५० जनाभन्दा बढी बेपत्ता बनाएको छ ।
सिन्धुपाल्चोकबाटै प्रतिनिधिसभामा निर्वाचित स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङले तिम्बु बजार, चनौटे बजार, तालामाराङ बजार, मेलम्ची बजार बगरमा परिणत भएको जनाएका छन् ।
यस्तै बाढीले नाकोते, तिम्बु, फट्टे, मेलम्ची नवलपुर जोड्ने पुल तथा बाहुनेपाटीमा बन्दै गरेको मध्यपहाडी लोकमार्गको पुल एवं दोलालघाटसम्मका सम्पूर्ण पक्की पुल बगाएको उनले जनाएका छन् ।