वर्षाका कारण नयाँबजारमा भासियो, घरहरु जोखिममा (भिडियो सहित)

पोखरा । हिजो साँझदेखि आएको अविरल वर्षाका कारण पोखरा ९ नयाँबजार शिध्द्धमार्ग देखी सेती नदी जाने बाटो छेउ भत्किएको छ । सो क्षेत्र वरिपरिका घरहरु जोखिममा रहेका छन् ।

नजिकै घरहरु धेरै भएकाले धनजनको क्षती हुन सक्ने प्रदिप बस्नेतले बताएका छन् । समयमै यसको रोकथामको प्रयास गरिनुपर्ने उनको भनाई छ । हिजोदेखि परेका वर्षाले धेरै स्थानमा बाढी र पहिरोको जोखिम बढेको छ ।

भिडियोः प्रदिप बस्नेतको फेसबुकबाट

 

कमेन्टहरु
Loading...