पोखरा\पछिल्लो २४ घण्टामा कास्की जिल्लामा कोरोनाका कारण थप एक जनाले ज्यान गुमाएका छन भने ५८ जना नयाँ संक्रमित थपिएका छन् । कोरोना संक्रमणका कारण आज गण्डकी प्रदेशमा १२ जनाले ज्यान गुमाएका छन भने ३४३ जना नयाँ संक्रमित थपिएका छन् ।
आजसम्म गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५०,६४७ पुगेको छ भने कोरोनाका कारण गण्डकी प्रदेशमा ८५० जनाले ज्यान गुमाएका छन् ।