कोभिडबाट मृत्यु हुनेको संख्या घट्यो

गन्थन डेस्क ।
कोभिडबाट दैनिक मृत्यु हुनेको संख्या घट्दो क्रममा छ । कास्कीमा आज मात्र १ जना संक्रमितको ज्यान गएको छभने गण्डकी प्रदेशमा ७ जनाको ज्यान गएको छ ।

यो तथ्याङ्क पछिल्लो केही समयकोलागि न्युन हो ।

त्यस्तै कास्कीमा पछिल्लो २४ घण्टाको अवधिमा १ सय ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै गण्डकी प्रदेशमा ३ सय ४७ जना नयाँ संक्रमित थपिएका स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले विज्ञप्ती जारी गर्दै सो कुराको जानकारी दिएको हो ।

सुरक्षित र सचेत रहन निर्देशनालयले सबैलाई आग्रह गरेको छ ।

थप विवरणः

कमेन्टहरु
Loading...