२४ घण्टाभित्र नयाँ सरकार गठन गर्न प्रदेश प्रमुखको आह्वान

गन्थन डेस्क ।

गण्डकी प्रदेशमा मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसकेसँगै २४ घण्टाको समय सीमा भित्र नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख सिता कुमारी पौडेलले आह्वान गरेकी छिन् ।
नेपाल संविधानको धारा १६८ को उपधारा ५ बमोजिम मुख्यमन्त्री नियुक्त गर्न २०७८ जेठ २९ गते (भाेली) दिउसो ३ बजेसम्म मुख्यमन्त्री नियुक्तिका लागि एक विज्ञप्ती जारी गर्दै सो कुराको जानकारी दिएकी हुन् ।

नयाँ सरकार गठनको ढोका खुलेसँगै पक्ष र विपक्ष गठबन्धन दल बहुमत सांसद पुराउन अनौपचारिक छलफलमा जुटिरहेका छन् ।

बिपक्षी गठबन्धन ३१ जना सांसद सशरिर उपस्थित हुँदै प्रदेश प्रमुख कार्यालय जाने तयारी गरिरहेको छ । यद्यपी यस अगाडी पनि दलगत दाबी नपुगेको भन्दै विपक्षि गठबन्धनको सरकार बन्न सकेको थिएन । तर यसपटक मनाङ्गेले बिपक्षी गठबन्धनलाई सहयोग गरेसँगै बिपक्षीको सरकार बन्ने सम्भावना बलियो देखिएको छ ।

आजै जनमोर्चाले ह्विप उलङ्गन गरेको भन्दै कृष्ण थापालाई कारबाहि पनि गरेको छ । थापालाई कारबाही गरेसँगै सरकार गठनका लागि बहुमत पुराउन ३० सांसद भए पुग्नेछ ।

कमेन्टहरु
Loading...