पोखरा । डनको छवि बनाएका गणेश लामा पक्राउ परेका छन् ।
नेपाली कांग्रेसका युवा नेता समेत रहेका लामा क्याटवाक रेस्टुरेन्ट लेकसाइडबाट पक्राउ परेका हुन् ।
खहरे स्थित पोखरा बुटिक बसेका लामा अचानक काठमाडौंबाट पोखरा आइपुगेका थिए ।
उनलाई पक्राउ गर्न बुटिक होटल पुगेको प्रहरीलाई छलेर क्ट्वाक रेष्टुरेण्ट पुगेका थिए ।
विहिबार गण्डकी प्रदेश सभामा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिने कार्यसूची रहेकै बेला उनी पोखरा आउनुलाई राजनीतिक चलखेलको आशंका गरिएको छ ।