नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभावले आज पनि विभिन्न स्थानमा वर्षाको भएको छ ।
जल तथा मौसस पूर्वानुमान महाशाखाका अनुसार हाल सामान्य बदली रही केही स्थानमा चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसो र राति देशभर सामान्यदेखि पूर्ण बदली भई धेरै स्थानहरुमा मेघगर्जन/चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
शनिबारसम्म देशभर पानी पर्ने महाशाखाले विहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।