दुई नम्बर प्रदेश सरकारमा काँग्रेस पनि सहभागि हुने

पोखरा/संसद बिघटनसँगै देशको राजनीनि दुई धुव्रमा बिभाजित भएको छ । एकातिर नेकपा एमाले ओली समुह र जसपाको महन्थ समुह अर्कोतिर काँग्रेस ,माओबादी ,जसपा भट्टराइ यादब समुह र एमालेको माधव भएका छन् । त्यसको प्रभाव प्रदेशको राजनीतिसम्म पनि परेको देख्न सकिन्छ ।
त्यसैको प्रभाव दुईनम्बर प्रदेशमा पनि परेको देखिन्छ । माथिको समिकरण आधारमा यादव पक्षले ठाकुर पक्षलाई प्रदेश सरकारबाट निकालेसँगै नयाँ सत्ता समिकरणको थालनी भएको थियो । काँग्रेससँगको कार्यगत एकताका लागि जसपाका अध्यक्ष उपेन्द्र यादबले सक्रियता देखाएसँगै काँग्रेसको सरकारमा सहभागिता संभब भएको हो ।
जसपा र काँग्रेसका संसदीय नेताको हस्ताक्षरमा भएको सहमतिमा काँग्रेस लालबाबु राउत नेतृत्वको सरकारमा सहभागि हुने र सत्ता बाँडफाँडको बिषय छलफल गर्दै अगाडी बढ्ने सहमति भएको हो ।
सहमतिपत्र यस्तो छ –

कमेन्टहरु
Loading...