श्रम बेच्ने मुलक गरिब हुने नेता तिवारी

एमाओबादीका राष्ट्रिय माहाधिबेशन आयोजक समितिका सदस्य एवं कास्की संयोजक झलपाणी तिवारीले श्रम बेच्ने मुलक संसारमा कतै सम्पन्नसाली बन्न नसक्ने बताउनु भएको छ । तिवारीले नेपालमा अथाह स्रोत साधन हुदा हुदै पनि नेपालले आफ्नो उत्पादन बेच्नुपर्ने अबस्थामा श्रम शक्ति बेच्नु पर्दा अधिकांश नेपाली विदेशी उत्पादनको उपभोक्ता मात्रै भएको बताउनु भयो ।

आज उपभोक्ता सहकारी संघकास्कीको चौथो अबिधेशन आज पोखरामा उदघाटन गर्दे तिवारीले सो कुरा बताउनु भएको हो । सरकारले संचालनमा ल्याएको उपभोक्ता सहकारीले गाँउ गाँउका नागरिक लाई सहकारी शिक्षा प्रदान गरेको भन्दै यस लाई ब्यबस्थीत बनाउन सके नेपालमा उपभोक्ता सहकारीले गरिवि निबारणमा इट्टा थप्ने बताउनु भयो । उहाँले उपभोक्ता सहकारी संगै उत्पादन सहकारी अगाडी बढाउनु पर्नेमा पनि जोड दिनु भएको छ ।

सहकारी डिभिजन तथा प्रशिक्षण कार्यलय पोखराका प्राचार्य नारायण प्रसाद अर्यालले विश्वको इतिहासमा सहकारी शुरु बात उपभोक्ता सहकारी बाटै शुरु भएको बताउनु भयो ।

उहाँले कास्कीमा ३४ वटा सहकारी रहेको जानकारी दिदै कास्कीमा झण्डै १८ सय सदस्य उपभोक्ता सहकारीमा आवद्ध रहेको बताउनु भयो । उहाँले समुदायको हितको लागी गरिने ब्यबसायनै सहकारी भएको बताउनु भयो ।

कमेन्टहरु
Loading...