पोखर/जनता समाजबादी दलको दुई नं. प्रदेशको संसदीय दलको नेतामा हालका दुई नम्बर प्रदेशका मुख्यमन्त्री लालबाबु राउत चयान भएका हुन् । जसपाका केन्द्रीय अध्यक्ष उपेन्द्र यादबको बिशेष उपस्थितिमा बसेको जसपा प्रदेश नं. २को संसदीय दलको बैठकले बहुमतको आधारमा मुख्यमन्त्री लालबाबु राउतलाई संसदीय दलमा चयन गरको हो ।
ओली सरकारमा राजेन्द्र महतो लगायतका नेताहरु सहभागी भएसँगै जसपा बिबाद प्रदेश तहसम्म पुगेको हो । प्रदेश सरकारमा सहभागि महन्थ ठाकुर र राजेन्द्र महतोलाई सरकारबाट निकाल्ने प्रयोजन सहित राउटलाई संसदीय दलको नेता राउतलाई चयन गरिएको जसपाका एक नेताले बताए । योसँगै प्रदेश सरकारको पुनःगठनबारेमा जसपालो काँग्रेस र माओबादीसँग छलफलको आरम्भ गर्दै आएको छ ।
२०८१ चैत्र २४ गते सोमबार