पोखरा १६ माघ /नेपाल आदीवासी जनजाति संघले शहिद दिवसको अवसरमा दिप प्रज्वालन गरेको छ । शहिद दिवसका दिन पारेर संघले विहिबार पोखराका शहिद हरि बहादुर गुरुङको शलिकमा दिप प्रज्वालन गरेको हो । दिप प्रज्वालन कार्यक्रममा बोल्दै प्रमुख अतिथी तथा सभासद वृन्दा रानाले शहिदहरुको सपना पुरा गर्न आफुँ तत्पर रहेको बताउनुभयो । उहाँले शहिदहरुको बाटोमा हिड्न सके शहिदको सपना पुरा हुने दावी गर्नुभयो । रानाले देश संविधान निर्माण तर्फ अगाडि बढिरहेको बेला शहिदहरुले दिएको योगदानलाई कदर गर्न सक्नुपर्ने बताउनुभयो । त्यसैगरि नेपाली कांग्रेसका पुर्वसभापति शोभियत बहादुर अधिकारीले शहिदहरुको सपना साकार गर्न सके मात्र शहिदको आत्माले चिरशान्ती पाउने दावी गर्नुभयो । देशका लागि आहुति दिनेहरुलाई सबैलो सम्मान गर्नुपर्ने उहाँको दावी थियो । आदीवासी जनजाति संघ कास्कीका संयोजक अशोक भट्टचनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहसंयोजक जित गुरुङले स्वागत मन्तव्य राख्नुभएको थियो भने सचिव आश बहादुर गुरुङले संचालन गर्नुभएको थियो । कार्यक्रममा नेपाली कांग्रेसमा आस्था राख्ने नेता तथा कार्यकर्ताहरुको सहभागीता थियो ।
