- सौगात पोखरेल
गण्डकी प्रदेश सरकारलाई माओबादी दिएको समर्थन फिर्ता लिएसँगै गण्डकी प्रदेश सरकार निर्माणको क्रममा नयाँ नयाँ राजनीतिक घटनाक्रमको बिकास भईरहेको छ । माओबादीले समर्थन फिर्ता लिएसँगै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बी सुब्बा नेतृत्वको सरकारले बिश्वासको मत लिने दिन एक सांसद सम्पर्क बिहिन भएसँगै प्रदेश सरकार गठन प्रक्रियामा नयाँ नयाँ घटना क्रमहरु सिर्जना भएका थिए ।
आफ्नो पक्षमा बिश्वासको मत प्राप्त नहुने देखेपछि मुख्यमन्त्री गुरुङले राजीनामा दिएर ठुलो दलको आधारमा फेरि मुख्यमन्त्रीको पदभार ग्रहण गरेका थिए । संबिधान अनुसार मुख्यमन्त्रीको पदभार गरेको ३० दिन भित्र नयाँ सरकारले बिश्वासको मत लिनुपर्ने हुन्छ । नवगठिट सरकारले बिश्वासको मत लिएन भने फेरि नयाँ सरकार गठन प्रक्रिया सुरु हुन्छ । बिश्वासको मत लिने समय घर्कदैँ गर्दा मुख्यमन्त्री गुरुङले बिश्वासको मत लिन्छन वा राजिनामा दिएर बाटो खुल्ला गरिदिन्छन भन्ने बिषय अहिले गण्डकी प्रदेशमा चर्चाको बिषय बनेको छ ।
जनमोर्चा सांसद कृष्ण थापाले पार्टी निर्णय बिपरित काँग्रेस गठबन्धनलाई सहयोग नगर्ने भनेपछि काँग्रेस नेतृत्वमा बन्ने भनेको गठबन्धनको सरकार पनि बन्न सकेको थिए । पार्टी निर्णय पालना नगरेको भन्दै राष्ट्रीय जनमोर्चाले आज सांसद कृष्ण थापालाई कारबाहि गरेसँगै मुख्यमन्त्री गुरुङको पद झनै धरापमा परको देखिन्छ । जनमोर्चाको निर्णयलाई लिएर बिपक्षी गठबन्धनमा भने उल्लास छाएको छ ।
सरकारले बैधानिकता गुमाएको भन्दै बिपक्षी गठबन्धनले सदनमा प्रि वजेटबारे छलफल नगर्ने बताएको छ । सत्ता समिकरण र प्रदेश राजनीतिमा केहि बदलाप नआएको अवस्थामा गुरुङले बिश्वासको मत प्राप्त गर्ने संभाबना अत्यान्त कम छ भने काँग्रेसको नेतृत्वमा नयाँ सरकार बन्न सक्ने संभावना देखिन्छ ।
मुख्यमन्त्री गुरुङ भने यतिबेला बिपक्षीहरुको सरकार पनि बन्न नदिने योजनामा रहेका छौँ । बिश्वासको मत लिने समय नजिकिदै गर्दा मुख्यमन्त्री गुरुङले बिश्वासको मत लिन्छन कि राजिनामा दिन्छन ? भन्ने बिषय जनचासोको बिषय बनेको छ । जनमोर्चाले कृष्ण थापालाई सांसदबाट हटाएसँगै मुख्यमन्त्री गुरुङले कस्तो पोलिटिकल मुभ गर्छन भन्ने कुराले अबको सरकार कस्तो बन्छ भन्ने कुराको निर्धारण गर्छ ।