ओसाका ।
जापानबाट साकुरा एसीयन अनलाइन टिभी संचालनमा आएको छ । मंगलबार एक कार्यक्रमको आयोजना गरी मिडीया हाउसको उद्घाटन गरीएको छ । उद्घाटन गर्दै एन आर एन खान्साईका अध्क्षय कृष्ण गैरेले डिजीटल युगमा जापान तथा नेपाल सिहत विश्वका अधिकांह स्थानका दविएका तथा वाहिर नआएका समाचारहरु प्रसारण गर्न शुभकामना दिदै नेपाल र जापानको सम्वन्ध र संस्कृती अझ यो मिडीयाले राम्रोसगँ आम दर्शक सामु लैजानेमा आफु आशावादी रहेको बताए ।
उद्घाटन कार्यक्रममा नेपाल तथा जापानको साँस्कृतीक आदान प्रदान देखि समाचार आदान प्रदानको विषयमा सहभागीहरुले आफ्ना विचारहरु राखेका थिए । साकुरा जापानको फुल भन्दै यो टिभीले पनि फुल जस्तै सवैलाई राम्रो सन्देश दिने एन आर एन जापानका सल्लाहाकार नरेन्द्र वस्नेतले बताए ।
साकुरा एसीयन अनलाइन टिभीका कानुनी सल्लाहाकार विष्णु पौडेलले विदेशमा विभीन्न चुनौती समेत रहदा रहदै पनि आम दर्शकलाई विभीन्न कार्यक्रम तथा सन्देशले राम्रो प्रभाव पार्ने शुभकामना दिदै साकुरा एसीयन टीभी आधीकारीक रुपमा जापानमा दर्ता भएर संचालन गरेको भन्दै वधाई समेत दिएका थिए ।
टिभीले समाचार साहित्य तथा मनोरञ्जनलाई विशेष प्रथामीकता दिने साकुरा एसीयनका संचालक अमर लामाले बताए । जापानको ओसाकामा प्रधान कार्यालय रहेको यो मिडीया हाउसले नेपाल तथा अन्य देशबाट समेत आफ्ना कार्यक्रमहरु संचालन गर्ने साकुरा एसीयन अनलाइन टिभीका प्रमुख अन्ज मायु सीताले बताइन् ।