अनी उनीहरुको सपना पुरा भएन

  • लक्ष्मण तिमिल्सिना l

यो लकडाउनको समय मलाई संसार नै मोवाइलमा अटेको छ जस्तो लाग्छ । हरेक दिनको सुरुवात अरुको जस्तै मेरो पनि मोवाइल स्क्रोल गरेर हुन्छ । सधैजस्तै आज पनि सिरक फाले मोवाइल स्क्रोल गरिरहेको थिए । तर यो पटक मोवाइल स्क्रोल हुन मानेन मात्र एउटा स्टाटसमा पुगेर रोकि मात्र रह्यो ।

Dear 89,

अलबिदा,
हाम्रो सम्बन्धले शान्ति पाओस ।

मैले स्टाटस राख्ने मान्छेको नाम पढे ,अनि दोहोराएर स्टाटस पनि पढे । नाइन एच एगो लेखेको त्यो स्टाटसमा आएका कमेन्टले झन म दोधारमा परे । त्यहा कोही मान्छे मरेर आएको स्टाटस जस्ता प्रतिक्रिया आएका थिएनन । साथीहरुले सोचिरहेका हुन सक्थे सुरजलाइ ढालेको हुन सक्थ्यो साझ पख लमतरान्न आफनै काखमा सगरमाथाको उचाईले । या त धुवामा जिन्दगी जिउँदै थिए एकहुल मानिसहरु एक्ला एक्लै । भिम उपाध्यायको स्टाटसका फयान बनिसकेका थिए । बेलाबेला यस्ता उधुम हुनु उनीहरुका लागि नौलो थिएन र लाग्दैनथ्यो । सिबिडि र टिएचसीको फाईदा बेफाईदाबारे घण्टौ बहस गर्न सक्ने बनिसकेका थिए साथिहरु तर यो स्टाटसले मेरो मनमा भने घोचिरहेको थियो । कतै सुरजले वास्तबिकता त थाहा पाएन । नत्र सुरजले आफनै प्रोफाइलमा आफुलाइ भन्दा बढी माया गर्ने मान्छेको निक नेम नै राखेर श्रद्धान्जली दिदैनथ्यो । लाग्यो मृत्युमा सुहाउदो शब्द समबेदना शिवाय केही हुदैन । सुरजलाई फोन गरे ,फोनमा जवाफ आउदै थियो माफ गर्नुहोला…. पुरा सुन्ने काम नै मैले गरीन सोझै माफ गरीदिए । र हतार हतार कपडा भिरेर सरासर सुरजको घरतिर लागेँ ।
……………………..

एक महिना अघि मात्रै सुरजले आफनी प्रेमिकालाइ कोरोना हुँदा उस्को मनमा छाएको डर मैले राम्रैसँग नियालेको थिएँ । उ हतासिएको थियो र कोरोना संक्रमित उस्कि प्रेमिकाकोमा हामि दुई जनानै सँगै गएका थियाैँ बोलाउने बहानामा । कोरोनाले धेरैको ज्यान गईरहेको बेला हामिलाई डर लागेन बरु मनमा मायाको बास्ना मगमगाएको थियो । मलाई सुरजको छटपटि देखेर ,सुरजलाइ उस्को प्रेमिकाको ।Dear 89 को कोरोना संक्रमणको खवरले अत्याएको थियो तर हामि सम्हालिएका थियाैँ। त्यहाँ पुगे पछि हामिले नजिकबाटै कुरा ग¥यौँ , सुरजकि भेज Dear 89 लाई हामिले लगेको मटन सुप त्यो दिन बसाएको थिएन ,सायद त्यहाँ आत्मियताको भाव बाहेक केही बाकि थिएन ।
हामि त्यहा लामै समयसम्म गफ गरेर बसेका थियौ । बिल्कुल फरक बिषयमा ,भनौ मृत्युका बिषयमा । डढ ले मृत्युबारेको शिर्षक कोट्याएर बहसको राम्रै माहोल खडा गरी दिएकी थिईन । बस्ने कुर्ची थिएन ,ठाडा गामबाटै आएका मान्छेको शैलीमा बसेर गफ गर्दा खुटटा गलेका थिएनन । सुरज अलिकति ओशोको जिवनको अन्तिम सुख मृत्यु हो भन्ने भनाईमा थोर बहुत सहमत थियो ।उस्ले आफना कुरा एकोहोरो चर्को स्वरमा राख्दै थियो । त्यस दिन मृत्युबार उस्ले भनेका केही कुरा उस्को स्टाटसले मलाइ सम्झाइरहेको थियो ।
‘ मानिसको जिवन अनेक प्रकारका मृत्युहरुको प्रतिक्षा बाहेक केही होइन । शरीरमा सास चल्न छोड्ने खालको मृत्यु सबैको समबेदना प्राप्त गर्ने मृत्यु हो ,जुल खालको मृत्यु मानिसले एकपटक प्राप्ति सगै आफुलाई समाप्ति गर्छ ।संबेदना बिहिन जिवन मृत्यु समान हुन्छ । लोभी मान्छेहरु सास फेर्छन तर तिनिहरु जिवन जिएका हुदैनन नी ’ यती कुरा गरीसकेपछि उस्ले हामिलाई केही प्रश्नहरु गरेको थियो ।
के बाँच्नु भनेको सास फेर्नु मात्रै हो ?
मान्छे जिन्दगिको भागदौडमा यसरी कुदेका छन कि उनीहरुले आँफुलाइ र आफनो कर्तब्य बचन सबकुरा सम्झने फुर्सद नै छैन ,के त्यो भाग दौड मृत्यु होईन ?
मृत्यु गलत हो भने ,सबैथरी मानिसलाई राम्रो भन्न मृत्यु किन कुर्नु पथ्र्यो ? उस्का प्रश्नको जवाफ हामिसँग थिएन । सुरजका प्रश्नलाई त्यही रोकेर मैले सुरजलाई फर्कनका लागि भनेको थिएँ ।
………………..
सुरज निडर मान्छे लाग्थ्यो मलाई ,मैले उस्को आखामा डरको भाव एकदमै कम देखेको थिए , उस्का आँखा प्राय क्रोधपुर्ण तर तेजिला देखिन्थे । उस्का आँखामा कमै डर भेटेको थिए मैले । कोरोना संक्रमित उस्कि प्रेमिकाको खवर सुनाउदा जस्को मुटुको अपरेसन गरेको धेरै भएको नै थिएन । र अर्को पटक ज्योतिषिले उनिहरुको सम्बन्धबारे प्रतिक्रिया दिदा । ज्योतिषिले दुई जनाको बिहे गर्दा नाडी लाग्ने बताएको थियो तर उनिहरुको मायाको अगाडी ज्योतिषिको प्रतिक्रिया खास बेवास्तामा नै ग¥यो । उनिहरु अगाडी बढ्ने निधो गरेता पनि सुरजको परिवार यो कुरामा सहमत थिएन । सुरजलाइ भन्दा सुरजको परिवारलाइ मुटु रोगी बुहारी स्विकार्य थिएन । सुरज दोधारमा थियो परिवारको साथ रोजौँ वा आफनी प्रेमिकालाइ दिएको वचन पुरा गरौ । मसँग उस्ले यो बारेमा धेरै पटक कुरा गरेको पनि थियो ।मैले भनेको पनि थिए परिवार ढिलो चाडो तिम्रो निर्णयमा सहमत हुनुहुन्छ ,म मनाउनेछु बाबालाई ,तिमि यो कुराले आफुलाई कमजोर नपार्नु । पारिवारिक अवस्था कमजोर रहेको र परिवार सुरजकै भरमा रहेकाले पनि सुरज परिवारलाई चटक्कै भुल्ने पक्षमा थिएन भने उ आफ्नो निर्णयमा अडिग रहेको थियो ।
…………………
पछिल्लो हप्ता सुरजसँग मेरो भेट भएको थिएन । सुरज संक्रमित भएर आइसोलेसनमा बसेको थियो । आफनो व्यस्तताले गर्दा म त्यहा पुग्न सकेको थिइन तर पनि उसले गुनासो गरी रहन्थ्यो कि उस्ले मेरो फोन उठाउन छाडेकि छे । म संक्रमित हुँदा उस्ले फोनसम्म गरेर स्वास्थ्य लाभको कामना किन गरीन । म उस्लाई भन्न सक्दैनथे कि उनी म्भबच डढ उपचारको क्रममा तिन दिन अघि मृत्यु भएको खवर उस्का सामु उभिएर । उस्लाइ खवर सुनाउनु अघि नै उ अस्ताइ सकेको थियो ।आर्मीले लास बाध्दै गरेको दृश्य मेरा आखामा झलझली आईरह्यो ।
र मेरा ओठहरुले भन्न नै सकेनन, अलबिदा सुरज ।

कमेन्टहरु
Loading...