पोखरा/पछिल्लो समय नेपालमा कोरोना संक्रमितको संख्या घटेको देखिए पनि सत्य भने त्यस्तो छैन । बरु संक्रमितको संख्या घटेको नभई सरकारले परिक्षणको दायरा घटाएको पुुष्टी हुन्छ । एक हप्ता अगाडीसम्म सरकारले दैनिक २२ हजारको हाराहारीमा कोरोना परिक्षण गर्दै आएको भएपनि अहिले १० हजारको हाराहारीमा मात्र परिक्षण गरेको देख्न सकिन्छ ।
सरकारले परिक्षणको दर घटाएसँगै संक्रमितको संख्यामा पनि आधा बढि कम आएको जस्तो देखिन्छ । २२ हजारको परिक्षण हुँदा दैनिक ८ हजारको हाराहारीमा कोरोना संक्रमित भेटिएका थिए भने अहिले १० हजारको कोरोना परिक्षण गर्दा ४ हजारको हाराहारीमा संक्रमितहरु भेटिएका हुन् ।
एक हप्ता अगाडीको डाटा र अहिलेको डाटालाई एनलाइसिस गर्दा कोरोना संक्रमितको संख्या घटेको नभएर परिक्षणको दायरा घटेको देखिन्छ । सरकारले आर्थिक बर्षको अन्त्यलाई मध्यनजर गरेर कोरोना परिक्षणको दर घटाएको आरोप पनि लाग्दै आएको छ ।