कोरोना जितेकी ९७ वर्षीया पुनबाट सहयोग

बेनी ।
म्याग्दीको रघुगङ्गा गाउँपालिकाको कोभिड अस्पतालमा भर्ना भएर कोरोना जित्नु भएकी रघुगङ्गा गाउँपालिका–४ दग्नामकी ९७ वर्षीया इनरुपीदेवी पुन र उनका छोरा खिम पुन आइतबार अस्पतालमा उपचाररत बिरामी र कुरुवाको निःशुल्क भोजनका लागि सहयोगस्वरुप रु सात हजार प्रदान गर्दै । यस अस्पतालमा उपचार गराउन आउने बिरामी र उनका कुरुवालाई स्थानीय युवा क्लब र सङ्घसंस्थाको पहलमा निःशुल्क खाजा खानाको व्यवस्था गरिएको छ ।
तस्बिरः कमल खत्री/रासस

कमेन्टहरु
Loading...