गण्डकी सरकारको अर्को झुट – अक्सिजन नपाएर कोहि मरेका छैनन

पोखरा । गत बिहिबार राती अक्सिजनको अभाबमा सुत्केरीसहित छ संक्रमितको मृत्यु भएको घटनाबारे प्रतिपक्षीले सरकारले माफि माग्नुपर्ने र छानबीन समिति गठन गर्नुपर्ने माग राखेपछी सरकारका प्रवक्ता मन्त्री रामशरण बस्नेतले भने अक्सिजन नपाएर कोहि नमरेको भनि अर्को झुट बोलेका छन् ।

बिहिबार राती भएको मृत्यु अक्सिजन अभाबको कारण भएको भनेर चिकित्सकहरुले स्विकार गरेका छन् । चिकित्सकहरुका अनुसार अक्सिजन उत्पादन कम्पनीमा लाइन गएर अक्सिजन उत्पादन कम भएका कारण अस्पतालमा अक्सिजन अभाब भएको अस्पतालले स्विकार गरेको कुरालाई गण्डकी प्रदेश सरकारले अस्वीकार गर्नु लाजको बिषय बनेको छ ।

कमजोरीलाई स्विकार गर्नुको सट्टा उल्टै झुट बोलेर प्रदेश सरकारले मृतकहरुमाथी झन अन्याय गरेको छ । घटनाबारे पटक पटक समाचार र सत्यहरु बाहिर आउँदा पनि छानबीन गर्न नसक्नुले जनताको स्वास्थ्यप्रति प्रदेश सरकार कति उदासीन छ भन्ने कुरा प्रष्ट हुन्छ ।

कमेन्टहरु
Loading...