कास्कीमा संक्रमण हुनेको संख्या घट्यो

गन्थन डेस्क ।
कास्कीमा कोभिड संक्रमण हुनेको संख्या घट्दो क्रममा रहेको छ । जिल्लामा पछिल्लो २४ घण्टाको अवधिमा ७४ जनामा मात्रै कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले विज्ञप्ती जारी गर्दै सो कुराको जानकारी दिएको हो । कास्कीमा अहिले २ हजार ५ सय ३० जना सक्रिय कोरोना संक्रमित रहेका छन् ।

त्यसैगरि कास्कीमा थप ८ जनाका संक्रमणबाट ज्यान गएको छ । यससँगै कास्कीमा अहिलेसम्म ज्यान गुमाउनेको कुल संख्या २ सय ९९ पुगेको छ ।

थप विवरणः

कमेन्टहरु
Loading...