विद्यार्थी सहजताका लागि माया एकेडेमीले शुरु गर्‍यो अनलाइन कक्षा

पोखरा । विदेश अध्ययन गर्न जाने विद्यार्थीको लागि माया एकेडेमीले आज (आइतबार)देखि अनलाइनमार्फत कक्षा संचालन शुरु गरेको छ । १ सय १ भन्दा धेरै युनिभर्सिटीसँग सिधै सम्वन्ध रहेको माया एकेडेमीले नेपालमा ९ महिना अध्ययन गरेपछि बाँकी सम्पुर्ण पठनपाठन विद्यार्थीको चाहना अनुसार सिधै ट्रान्सफर गर्ने पोखरा केन्द्रका प्रशासन प्रमुख रोहनजंग कार्कीले जानकारी दिए ।

विद्यार्थीले कुनैपनि संकाय अध्ययन गर्न सक्नेछन् । विदेशमा लाग्ने रकमको ८० प्रतिशत रकम विद्यार्थीले बचत गर्न सक्ने बताइएको छ । अध्ययन गर्न आइएलटिए तथा टोफल नचाहिने, न्युनतम ग्रेड भएको, ग्याप भएका, उमेरको हदवन्दी नलाग्ने माया एकेडेमीका प्रमुख तथा निर्देशक इन्द्र बलामीले जानकारी दिए ।

एकेडेमीले नेपालमा नै पहिलो पटक काठमाडौं र पोखरामा एकैसाथ संचालन गरेको कार्यक्रम हो । माया एकेडेमीले प्रदान गरेको शैक्षिक कार्यक्रमले विद्यार्थी उत्साही भएको एकेडेमीका इन्चार्ज अप्सरा अधिकारीले जानकारी दिइन् ।

कमेन्टहरु
Loading...