तीन घण्टादेखि पृथ्वी राजमार्ग अवरुद्ध

तनहुँ l
पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको कमलबारीमा ग्यास बुलेट र ट्रक ठोक्किदा तीन घण्टादेखि राजमार्ग अवरुद्ध भएको छ ।

शनिबार बिहान पौने दश बजे व्यास नगरपालिका– १२ कमलबारीमा भारतीय बुलेट र ट्रक ठोक्किएको थियो । डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको भारतीय बुलेट ग्यास ट्रकले ग १ ख ७१०७ नम्वरको ट्रकलाई पछाडिबाट ठक्कर दिँदा दुर्घटना भई दुवै सवारी साधन पल्टिएको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी युवराज तिमिल्सिनाले जानकारी दिए ।

‘दुबै सवारीसाधन पल्टिदा पृथ्वीराजमार्ग अवरुद्ध भएको छ । छिटो भन्दा छिटो राजमार्ग सुचारु गर्ने तरीकाले क्रेन लगेर काम गरिरहेका छाँै,’ उनले भने ।
राजमार्गनै छेकिने गरी ग्यास बुलेट पल्टिएपछि लामो तथा छोटा दुरीका सवारीसाधन तीन घण्टा अघिदेखि रोकिएका छन् ।

कमेन्टहरु
Loading...