मर्यादित महिनावारीको बारेमा नीति निर्माण र यसको बारेमा खुल्ला छलफल माग

काठमाडौं ।  महिनावारीको सरसफाई र मर्यादित महिनावारीको लागि नीति निर्माण तिनै तहको सरकारले निर्माण गर्नुपर्ने र यसको बारेमा सवै क्षेत्र र तहमा खुल्लेर बहस गर्नुपर्नेमा सरोकारवालाहरुले बताएका छन् ।

जागृति बाल तथा युवा सरोकार नेपाल र बालिका अधिकारका लागि राष्ट्रिय सञ्जालको आयोजनामा महामारी हुँदैमा रोकीदैन महिनावारी, सामाजिक कुरीति वहिस्कार गर्नु हो हामी सवैको जिम्मेवारी भन्ने नाराका साथ शिक्षामा महिनावारी लाई फोकस गर्दै अन्तर्राष्ट्रिय महिनावारी स्वच्छता दिवसको अवसरमा आयोजित विद्यालय र समुदायमा महिनावारी स्वच्छताको लागि छलफल कार्यक्रममा उपस्थित सरोकारवालाहरु र सहभागिहरुले यो आवाज उठाएका हुन् ।

नेपालको संविधानको धारा ३८ ले प्रत्येक महिलालाई प्रजनन स्वास्थ्य हकलाई मौलिक हकका रूपमा अधिकार प्रदान गरेको छ । यसैगरी धारा ३५ ले आधारभूत स्वास्थ्य सेवालाई मौलिक अधिकारका रूपमा सुनिश्चित गरेको छ । जनस्वास्थ्य सेवा ऐन, २०७५ को दफा ३ ले प्रजनन स्वास्थ्यलाई आधारभूत स्वास्थ्य सेवाअन्तर्गत समेटेको छ ।

कार्यक्रममा अधिकारकर्मी तथा पिरियड्का कुरा टक सो कार्यक्रमकी सञ्चालक प्रियंका बुढाथोकीले बर्तमान अवस्थाको बारेमा प्रस्तुतीकरण गर्दै आज पनि महिनावारीको बारेमा बुझाई, अवस्था फरक फरक रहेकोले यसको लागि सही बाताबरणको निर्माण आवश्यक रहेको बताउनुभयो । तथ्याँकगत रुपमा हेर्दा पनि विश्वभर अभैm पनि महिनावारी सरसफाईमा पहुँच नपुगेको र नेपालमा पनि यस्ता खालका समस्याहरु गाँउ र शहरमा समेत रहेको बताइन् ।

कार्यक्रमको प्रमुख अतिथि राष्ट्रिय मानव अधिकार आयोगकी सदस्य लिली थापाले यो विषयमा अझै पनि धेरै कार्यहरु गर्न रहेकोले यसको बारेमा सवै क्षेत्रहरु र सरोकारवालाहरु मिलेर कार्यहरु सुरु गर्नको लागि अनुरोध गर्नुभयो साथै यसमा विभेद व्याप्त रहेकोले यसको लागि नीतिगत बहस आवश्यक रहेको र यसको लागि बास्तविक अवस्था के रहेको छ भन्ने बारेमा खोज अनुसन्धान गरेर समस्याको समाधान गर्नुपर्नेमा जोड दिइन् ।

त्यस्तै राष्ट्रिय बाल अधिकार परिषद्का कार्यकारी निर्देशक मिलनराज धरेलले यो विभेद जन्य विषय नै नरहेको तर सचेतनाको अभावमा यस्ता खालका समस्याहरु रहेकाले यसको बारेमा खुल्ला रुपमा बहसहरु आवश्यक रहेको बताए ।

उनलले सही पूर्वाधारहरुो निर्माणमा पनि सरकारले योजना निर्माण गरेको स्पष्ट पारे । धरेलले राष्ट्रिय बाल अधिकार परिषद्ले बाल अधिकार नीति २०७८ निर्माण गर्न लागेको र यसमा यो विषयमा गर्न सकीने कार्यहरु के रहेका छन् त्यसको बारेमा आवाजहरु उठाउनको लागि र सो समस्या समाधानको लागि कार्यहरु पहल गरिने बताए ।

सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ ले पनि प्रजनन स्वास्थ्य सेवालाई सुरक्षित, गुणस्तरीय, सर्वसुलभ तथा पहुँचयोग्य बनाउन दृढ सङ्कल्प लिएको छ । महिनावारीसँग जोडिएको सामाजिक लाञ्छनाले गर्दा रजस्वलाको बेला प्रयोग गरिने प्याडलगायत अन्य साधनबारे महिलाले खुलेर बोल्न सकेका छैनन् ।

यसले गर्दा महिनावारीको साधनमा सर्वसुलभ पहुँचको अभावले पनि रजस्वलाको अनुभव, स्वास्थ्य र महिलाको स्वाभिमानलाई प्रतिकूल प्रभाव परेको छ ।
राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधब ढुँगेलले युवापुस्ताहरुले यसको बारेमा सचेतना फैलाउन आवश्यक रहेको र बर्तमान समयमा यस्ता कुरीति तथा अन्धविश्वासको अन्त्यको लागि लागिरहनुपर्ने र युवा परिषद्ले यसको लागि योजनाहरु निर्माण गरेर अगाडी बढेका बताए ।

यसले संविधानको धारा १६ मा प्रदत्त ‘प्रत्येक व्यक्तिलाई सम्मानपूर्वक बाँच्न पाउने हक’ को उल्लङ्घन गर्नुका साथै प्रजनन स्वास्थ्य अधिकारसम्बन्धी कानूनको बर्खिलाप रहेको छ ।
किशोरी अभियन्ता एवम जागृति बाल क्लव नेपालका उपाध्यक्ष रेजिना घर्ती मगरले समाजमा हाल पनि महिनावारीको बारेमा बहसहरु खुल्ला रुपमा नभएकोले गर्दा पनि किशोरीहरुले यस्तो बेलामा हिसाहरु भोगेका छन् । गाँउमा मात्र महिनावारीको समस्या होईन की शहरमा र शिक्षित व्यक्तिहरुले पनि यसको बारेमा बहसहरु सुरु नगरेकोले यस्ता खालका समस्याहरु रहेकोले अव सवै क्षेत्रबाट आवाजहरु उठाउनको लागि अनुरोध गरिन् ।

सो कार्यक्रममा ७ प्रदेशका ७० भन्दा बढी जिल्लाहरुबाट २०० भन्दा किशोरकिशोरीहरु, नागरिक समाजका प्रतिनिधीहरु, सञ्चारकर्मीहरु, सरकारी तथा गैरसरकारी निकायहरु र विभिन्न सञ्जालहरुबाट सहभागिता रहेको थियो ।

कार्यक्रममा ७ प्रदेशका प्रतिनिधी भाईबहीनीहरु, अधिकारकर्मीहरु ज्ञानु पौडेल, देवकी आचार्य, रन्जना श्रेष्ठले आफ्नो भनाईहरु र महिनावारी सम्बन्धी आफ्नो अनुभवहरु आदानप्रदान गरेका थिए ।

सो कार्यक्रममा मेरो पहिलो महिनावारीको अनुभव प्रतियोगिताको रिजल्ट पनि सुनाइएको थियो । जुन कार्यक्रममा ७ प्रदेशबाट ७० भन्दा बढी सहभागिताहरु रहेको र सो प्रतियोगितामा पहिलो हुन सफल प्रथम बर्षा रेग्मी, लुम्बीनी प्रदेश, बुटवल द्धितिय गण्डकी प्रदेश सदिक्षा घिमिरे र तृतिय यज्ञस्वरी बोगटी सुदुरपश्चिम अछामको हुन सफल भएको आयोजक संस्थाका अध्यक्ष तिलोत्तम पौडेलले बताए ।

राष्ट्रिय युवा परिषद, बालमैत्री स्थानीय शासन राष्ट्रिय मन्च, सामाजिक सुरक्षा नागरिक समाज सञ्जालसँगको सहकार्य र क्यान्नालन स्विजरल्याण्ड सँगको सहयोगमा सम्पन्न कार्यक्रमको सहजिकरण तिलोत्तम पौडेलले र श्रद्धा बर्माले र धन्यबाद ज्ञापन संस्थाका महासचिव दिपक शर्माले गरेका थिए ।

कार्यक्रममा गित, कविता र भनाईहरुबाट महिनावारीको बारेमा खुल्ला छलफल, बोल्न र मर्यादित महिनावारीका लागि उपयुक्त बाताबरण सृजना गर्न सवैले सामुहीक अठोट गर्दै महिनावारी शिक्षामा ध्यान दिनुपर्ने र यो विषय महिलासँग सम्बन्धीत भएपनि यो सन्देशमा पुरुषहरुले पनि आवाजहरु उठाउनुपर्नेमा सहभागीहरुले जोड दिएका थिए ।

कमेन्टहरु
Loading...