‘सुत्केरीसहित सात बिरामीको मृत्यु नभएर हत्या भएको हो’ – नेविसँघ कास्की

पोखरा\बिहिबार राति पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा अक्सिजन अभावको कारण ज्यान गुमाउनु परेको घटनालाई लिएर नेविसँघ कास्कीले उनीहरुको मृत्यु नभएर हत्या भएको भन्दै बिज्ञप्ती निकालेको छ । नेबिसँघ कास्की निर्वतमान सभापति बिकास थापाले हस्ताक्षर गरेको बिज्ञप्तीमा सरकारले जिम्मेबारीबाट पन्छन खोज्दा संक्रमितहरुको हत्या भएको भन्दै निन्दा गरिएको छ ।

बिज्ञप्तीमा आगामी दिनमा जनताको स्वास्थ्य अवस्थाप्रति गम्भिर बन्न गण्डकी प्रदेश सरकार र अस्पताल प्रशासनलाई आग्रह पनि गरेको छ । अक्सिजन उत्पादन गर्ने उद्योगमा निरन्तर बत्ति आउने जाने भएका कारण अक्सिजन उत्पादन कम भएर अक्सिजनको समस्या हुनु दुखत भएको भन्दौ थापाले स्वास्थ्यजस्तो गम्भिर क्षेत्रमा खेलाची नगर्न मुख्यमन्त्रीलाई चेतावनी दिएका छन् ।
थापाले बिज्ञप्ती मार्फत मुख्यमन्त्रीले स्वास्थ्य मापदण्ड मिचेको समेत आरोप लगाएका छन् ।

कमेन्टहरु
Loading...