भेरी अस्पतालमा बिरामी कुट्ने एमाले कार्यकर्ता

पोखरा । भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथी कुटपिट गर्ने नेकपा (एमाले) को कार्यकर्ता रहेको रहस्य खुलेको छ ।

हिजो साँझ भएको कुटपिट घटनामा संलग्नहरुलाई पक्राउ गर्दा नेकपा एमालेका प्रदेश सदस्य मानबहादुर राउतलाई पनि प्रहरीले गिरफ्तार गरेका छन् । आफन्तको मृत्युभएपछि स्वास्थ्यकर्मीमाथी कुटपिट नेतृत्व एमाले कार्यकर्ता रावतले नै गरेको स्वास्थ्यकर्मीहरुले आरोप लगाए । स्वास्थ्यकर्मीहरुका अनुसार रावतले म मुख्यमन्त्रीको मान्छे हो भन्दै कुटपिट गर्न सुरु गरेका थिए ।

स्वास्थ्यकर्मीमाथी भएको कुटपिटको सामाजिक संजालमा चर्को आलोचना भएको छ । दोषीलाई कडा कारबाहि गर्न शेरबहादुर देउबा र प्रचण्डले माग गरेका छन् ।

कमेन्टहरु
Loading...