सरकारको लापरबाहीले गण्डकी अस्पतालमा एकै रात छ बिरामीको मृत्यु

पोखरा । सरकारी लापरबाहीका कारण गण्डकी प्रदेशकै ठुलो सरकारी अस्पताल पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा एकै दिन छ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन् । दिनभर अक्सिजन उद्योगमा लाइन आउने जाने भएपछि पोखरामा अक्सिजन ग्यासको अभाब भएको थियो ।

साँझ नौ बजेको हुँदो हो । मेरा साथी रेखि गुरुङले आत्तीदै फोन गर्नुभयो । सौगात जी अक्सिजन जुगाड गर्न सकिएला रु गण्डकी अस्पतालमा अक्सिजन सकिएछ । मेरो एक जना साथीको श्रीमती डेलिभरी भएर अस्पताल भर्ना हुनुहुन्छ ।

रेखिजीसंग फोन राखेपछी मैले अस्पताल प्रशासनसंग सम्पर्क गरे अबस्था सामान्य नै रहेको बताए । मैले त्यहि अनुसार सुचना सम्प्रेषण गरे । तर फोनको घण्टी बज्न रोकिएन। बिरामीको श्रीमानको फोन आयो अबस्था गम्भीर भएको थाहा लाग्यो । फेरी अस्पतालमा फोन गरेँ । बल्ल ग्यास अभाब भएको स्विकार गरे । अक्सिजन खोज्नका लागि ग्यालेक्सी फोर के टेलिभिजनका ब्यूरो प्रमुख उत्तम पौडेल दाइलाई सम्पर्क गरें । अनि अक्सिजन खोजी नसक्दै सुत्केरीको ज्यान गयो । उनलाई बचाउन सकिएन । अक्सिजन नपाएर बेडमा छट्पटी रहेको दृष्यले यो राज्यलाई र यहाँको प्रदेश सरकारलाई दुखेन ।

उनीसंगै छ जनताले सरकारी लापरबाहीको कारण ज्यान गुमाए । मृत्युको खबरपछि मनमा कुरा खेलिरह्यो यो बिरामीको मृत्यु हो कि राज्यले गरेको हत्या ?

उद्घाटन र प्रचारबाजीमा रमाइरहेको प्रदेश सरकारको तयारी कस्तो छ भनेर बुझ्न टाढा जानै परेन । प्रदेशको ठुलो अस्पतालको हालत यस्तो छ अनि कसरी निको हुन्छन बिरामीहरु ? मध्यरातमा अस्पतालका डाक्टर डेबिट श्रेष्ठले अक्सिजन अभाबका कारण अबस्था नियन्त्रण बाहिर गएको बताए ।

स्वास्थ्य जस्तो गम्भीर क्षेत्रमा भएको यस्तो लापरबाहीले हाम्रा शासकहरुको अनुहारमा कालो पोतेको छ । अस्पतालमा भर्ना लिएको बिरामीको उपचार गर्न नसक्नुको पछाडी पुर्वाधार अभाब नै हो । सुत्केरी महिलासहित छ जनाको मृत्युको जिम्मा प्रदेश सरकारले लिन्छ कि नाई हेर्न बाँकी नै छ ।

अरु तयारी गर्न नसकेपनि कम्तिमा अक्सिजन उत्पादन हुने ठाउँमा बत्ती नजाने ब्यबस्था पनि गर्न सक्ने सरकार हुनु र नहुनुको खास अर्थ भेट्दैनन् बिरामीका आफन्तहरु ।

भाषणमा ठुला गफ गर्ने तर तयारी केही नगर्ने प्रदेश सरकारको कारण धेरै बिरामीले ज्यान गुमाउनु परेको छ । ७४ करोडको अक्सिजन प्लान्ट अलपत्र पालेर लास गन्न मात्र उद्दत प्रदेश सरकारलाई बिहिबारको घटनाले पाठ सिकाओस् । र मृत्युको कारण सरकार भएको स्विकार गरोस् ।

कमेन्टहरु
Loading...