किसानले विषको प्रयोग बढाए पछि घर तथा वन मौरी संकटमा (फोटो फिचर)

पोखरा, १४ माघ/पराग सेचन गरि खेतीपातीका लागि महत्वपूर्ण भूमीका खेल्ने मौरीहरु लोपहुदै गएको पोखरामा आयोजित एक कार्यक्रममा बक्ताले बताएका छन् । जैविक विविधता, अनुसन्धान तथा विकासका लागि स्थानिय पहल (ली–बर्ड) को आयोजनामा मंगलवार पोखरामा भएको ‘जङ्गली मौरी’ सम्बन्धी एक दिने कार्यशाला गोष्ठिमा सहभागी विज्ञ र किसानहरुले लोपहुदै गएको बताएका हुन् ।

हनि हन्ट्रीङ्गको पोखरामा भएको फोटो प्रर्दशनी हेर्दै
हनि हन्ट्रीङ्गको पोखरामा भएको फोटो प्रर्दशनी हेर्दै

खेती गर्दा फुलफुल्ने खाद्यन्न तथा फलफुलमा बिषको अत्याधिक प्रयोग र जलवायु परिवर्तनको कारण मौरीहरु समस्यामा पर्दै गएको कार्यक्रममा ली–बर्डका परियोजना अधिकृत सन्देश न्यौपानेले बताए । गोष्ठिमा नेपालमा जङ्गली मौरीको अवस्था, तिनको महत्व र भविष्यमा यस क्षेत्रमा अपनाउनु पर्ने रणनितीको बारेमा छलफल भएको थियो ।

जंगली मौरी (भिर मौरी) लाई घरमा पालिने मौरी भन्दा रोग कम लाग्ने, अन्य किराले कम खाने र तापक्रमको फेरबदल संग अनुकुल हुन सक्ने विषेशता भएपनि किसानले खेतीपाती गर्दा छर्ने विषदीको कारण समस्यामा पर्दै गएको न्यौपानेले बताए । अन्नबाली, फलफुल लगाएतका खेतीपातीको ३ भागको एक भागमा मौरीले पराग सेचन गर्ने भएकोले मौरी लोपहुदै जादा खाद्यन्नको उत्पादनमा पनि असर पर्ने भन्दै यस्ता बिषदी प्रयोग नगर्न किसानलाई न्यापानेले अनुरोध गरे ।

जलबायु परिवर्तनको कारण तापक्रम बढ्दै जादा भिर मौरीहरु हिमाली क्षेत्रको उच्च भाग तर्फको भिरमा सर्दै गएको पछिल्लो अनुसन्धानले देखाएको छ । कार्यक्रममा लामो समय देखि जंगली मौरीलाई पछ्याई भिर मौरीको तस्विर तथा डकुमेण्टी निमार्णमा सहभागी फोटो ग्राफर जितेस प्रधानले पहिला भन्दा छ सात घण्टा टाढाको दुरुमा भिरमौरी चाका बनाउने गरेको अनुभव सुनाए । हिमाली गाउँमा समते सडक बिस्तार हुनुले पनि महुरीले बासस्थान छाड्दै गएको प्रधानले बताए ।

सोही अवसरमा हनि हन्ट्रीङ्गका बेला जितेस प्रधानले खिचेका तस्विरहरु प्रर्दशनीमा राखीएको थियो । तस्वीर ः गिता रानामगर (कति पय तस्विरहरु जितेस प्रधान खिचेकालाई खिचेर राखिएको छ ।)

हनि हन्ट्रीङ्गको पोखरामा भएको फोटो प्रर्दशनी
हनि हन्ट्रीङ्गको पोखरामा भएको फोटो प्रर्दशनी

honey hunting  (2) honey hunting  (3) honey hunting  (4) honey hunting  (5) honey hunting  (6) honey hunting  (7)

कमेन्टहरु
Loading...