पोखरा ।
नेपालमा आज ६ हजार ७ सय १६ जना कोभिड संक्रमित निको भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टाको विवरण जारी गर्दै सो कुराको जानकारी दिएको हो ।
त्यस्तै सोही अवधिमा ६ हजार ६ सय ७७ जना नयाँ संक्रमित थपिएको मन्त्रालयले जनाएको छ । त्यस्तै अहिलेसम्म सक्रिय सक्रमित १ लाख १७ हजार ७७ जना रहेका छन् ।
पछिल्लो २४ घण्टामा संक्रमणका कारण मृत्यु हुनेको संख्या १ सय ४५ रहेको छ । यससँगै कोभिडका कारण मृत्यु हुनेको संख्या ६ हजार ८ सय ४५ रहेको छ ।