पोखरा ।
पोखरा ५ जिरो किमीका रहेको रिजनल हस्पिटलले कोरोनाको महामारी बढिरहेकै अवस्थामा यसको रोकथामका तथा न्युनीकरणका लागि कोभिडका बिरामीको उपचार गरिरहेको छ । महामारीको शुरुवातसँगै योजना र चरणबद्द रुपमा बिशेषज्ञ फिजिशियन डाक्टर कृष्ण राज अधिकारीको नेतृत्वमा शुरु गरिएको कोभिड उपचारमा छोटो समयमा नै धेरै बिरामीहरु लाभान्वित भएका छन् ।
बिरामीको उचित हेरचाह र महामारीमा आफ्नो दायित्वका साथ काम गरिरहेका स्वास्थ्यकर्मी तथा नर्सहरुलाई हस्पिटलकी मेट्रोन तथा कोभिड फोकल पर्सन प्रमिला श्रेष्ठले धन्यवाद ज्ञापन गरिन् । ५० बेड सहित संचालनमा रहेको हस्पिटलले कोभिड उपचारका लागी १५ बेड सहितको कोभिड वार्ड, ५ प्रि आइसोलेसन बेड, ४ आसियु बेड, १ भेन्टिलेटर रहेको हस्पिटलका व्यवस्थापक अर्जुन प्रसाद शर्माले गन्थनलाइ जानकारी दिए ।