अक्सिजन प्लान्ट स्थापनामा भिन्तुना क्लबको सहयोग

पोखरा । बतास फाउण्डेशनको सक्रियातमा स्थापना हुन लागेको अक्सिजन प्लान्टमा पोखराको भिन्तुना युवा क्लवले सहयोग गरेको छ । पश्चिमान्चल क्षेत्रिय अस्पतालमा प्लान्ट स्थापनाकागि भिन्तुना युवा क्लबले पनि सहयोग गरेको क्लबका अध्यक्ष राजन श्रेष्ठले बताए ।

यसैबिच क्लबकै सक्रियतामा शिक्षासेवी डा. राधेश्याम कायस्थको स्मृतिमा आर्थिक सहयोग प्राप्त भएको क्लवले जनाएको छ । पोखरा ३, नदिपुर निवासि लक्ष्मि माया कायस्थ र छोरा द्वय सन्जिब कायस्थ तथा राजु कायस्थको परिवारले एक लाख २५ हजार ५ सय २५ रुपैया सहयोग प्राप्त भएको अध्यक्ष श्रेष्ठले बताए ।

कमेन्टहरु
Loading...